free website hit counter

जापानमा १६ जना भारतीयलाई कोरोना देखिएपछि बिमान चार्टर गरेर लगिँदै

beemaadmin
२०७६ फाल्गुन १५, बिहीबार

टोकियो । चिनबाट शुरु भएको कोरोना भाइरस अहिले विश्वभर फैलिइसकेको छ । जापानमा १६ जना भारतीयलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । जापानस्थित भारतीय दूतावासले घटनाको पुष्टि गर्दै संक्रमित सबै व्यक्ति योकोहामा पोर्टको क्रुज सिपमा रहेकाहरु भएको जनाएको छ । प्राप्त जानकारी अनुसार उक्त डाईमण्ड प्रिन्सेस पानी जहाँजमा करिव १ सय भारतीय रहेका थिए । अधिकाशं पानी जहाँजका कर्मचारी रहेकामा १६ जनामात्र संक्रमित पाईएको दुतावासले जनाएको छ ।
३७ सय ११ जना यात्रु रहेको उक्त पानी जहाँजका १६ भारतीय सहित ७ सय १० जनामा कोरोना संक्रमण पाईएको छ । संक्रमित मध्ये हालसम्म ४ जनाले ज्यान गुमाईसकेका छन् भने १६ जनाको गम्भिर अवस्थामा उपचार भईरहेको जापानी अधिकारीहरुले बताएका छन् । जापानस्थित भारतीय दूतावासले संक्रमित व्यक्ति सहित वा संक्रमित बाहेकलाई भनि नखुलाएपनि प्राप्त जानकारी अनुसार करिव १ सय भारतीयलाई फेब्रुवरी २६ राती चार्टर बिमान मार्फत भारत लगिंदैछ ।
भारत लगिन लागेका सबै डाईमण्ड प्रिन्सेस पानी जहाँजमा रहेकाहरु हुन् । उनिहरुलाई भारत लगेरपनि दुई साता क्वारेन्टाईनमा राखिने बताईएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार