free website hit counter

जापानले नेपाल सहितका विदेशी नागरिकलाई लगायो प्रतिबन्ध

beemaadmin
२०७७ पुष १२, आईतवार

काठमाडौं । कोरोना भाइरसको नयाँ संस्करणले आतंक सिर्जना गर्न थालेपछि विभिन्न देशले पुनः अन्तराष्ट्रिय उडान बन्द गर्न थालेका छन् । युरोपेली मुलुकबाट हुने उडानलाई धेरै देशले प्रतिबन्ध लगाएण्का छन् । यही बेला
जापानले नेपाल लगायतका मुलुकबाट आउने विदेशी नागरिकलाई रोक लगाउने निर्णय गरेको छ ।

कोभिड–१९ को नयाँ भेरिएन्ट (प्रजाति) भेटिएसँगै जापानले सोमबारदेखि लागु हुने गरि विदेशी उडानमा रोक लगाएको हो । जापानी विदेश मन्त्रालयका अनुसार जनवरी अन्त्यसम्म रोक कायमै हुनेछ ।

जापानी नागरिक र त्यहाँ बसोबास गर्ने विदेशी नागरिकले भने जापान जान पाउनेछन् । यद्यपी, उनीहरुले दुई साता अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ । शुक्रबार टोकियोमा बेलायतबाट फर्किएका दुई जनामा नयाँ कोरोना संक्रमित भेटिएका थिए । नयाँ भेरिएन्ट भेटिएसँगै विश्वका ४० मुलुकहरुले बेलायतसँगको उडानमा रोक लगाइसकेका छन् ।

सम्बन्धित समाचार