free website hit counter

जापान र कोरियाका नेपाली कोरोनाको त्रासमा

beemaadmin
२०७६ फाल्गुन १३, मंगलवार

टोकियो । कोरोना भाइरस संक्रमण फैलिँदै गएपछि नेपालीहरुको बाक्लो उपस्थिति रहेको जापान र दक्षिण कोरियामा रहेका नेपालीहरू त्रासमा बसिरहेका छन् । चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप कोरिया र जापानमा समेत फैलिएपछि त्यहाँ रहेका नेपाली त्रासमा बसिरहेका हुन् । पछिल्लो तथ्यांकअनुसार कोरियामा ६ सय २ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने यसको संक्रमणबाट पाँच जनाको मृत्यु भइसकेको छ । यस्तै, नेपालीको बाक्लो बसोबास रहेको जापानमा पनि १ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कोरियामा रहेका नेपालीले आफूहरू सुरक्षित तवरले बसिरहेको बताएपनि त्रास भने कायम छ । कोरियाका अधिकांश मुख्य सहरमा नेपाली कामदार र विद्यार्थी बस्दै आएका छन् । कोरियाको सियोलस्थित नेपाली राजदूतावासका अनुसार कोरोनाबाट सबैभन्दा बढी थेगु सहर प्रभावित छ । थेगु सहरमा तीन हजार बढी नेपाली बसोबास गरिरहेका छन् । त्यहाँको सरकारले सूचना प्रसारण गर्दै बाहिर नजान, मास्क अनिवार्य प्रयोग गर्न र मिचेर हात धुन आह्वान गर्दै आएको छ ।कोरियास्थित नेपाली दूतावासले जरुरी सूचना प्रकाशित गरी नेपाली कामदारलाई सुरक्षित रहन र स्वास्थ्यमा समस्या आए नजिकको स्वास्थ्य संस्थामा पुगेर जाँच गराउन आग्रह गरेको छ । कोरियामा हाल ४४ हजार नेपाली बसोबास छ । त्यसमध्ये ३६ हजार ईपीएस भाषा परीक्षा पास गरेर कोरिया पुगेकाहरू रहेको बताइएको छ ।

कोरियाको उल्सान सहरमा रहेका नारायण कँडेलले भने भीडभाडमा गएका छैनौं दक्षिण कोरियाको राजधानी सोलदेखि ३ सय किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । त्यहाँबाट नजिकै रहेको उल्सान सहरमा काम गर्ने नारायण कँडेल केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिरहेको कोरोना भाइरसको संक्रमण । कोरियाको चौथो ठूलो सहर थेगुनजिकैको उल्सान सहरमा विभिन्न कम्पनी छन् । कामका लागि कोरिया पुगेका नेपालसहित विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ । तर, थेगुमा केही दिनयता ह्वात्तै फैलिएको कोरोना संक्रमणका कारण ती कामदार त्रासमा बसिरहेका छन् । भाइरसको संक्रमण फैलिएपछि थेगु आसपासका कम्पनीले कामदारलाई बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् ।

उता, कोरोनाको त्रासपछि दक्षिण कोरियाको थेगुका केही उडानहरु स्थगित भएका छन् । थेगु कोरियाको सबैभन्दा बढी कोरोना संक्रमित क्षेत्र हो । सोमबार कोरियन एयरलाइन्स र एसियाना एयरलाइन्सले आफ्ना उडानहरु स्थगित गरेको रोयटर्सले जनाएको छ । कोरियन एयरलाइन्सले आगामी मार्च २८ सम्म र एसियानाले मार्च ९ सम्म आफ्ना उडानहरु स्थगित गरेको घोषणा गरेको छ । सोमबार बिहानसम्म कोरियामा ७६३ जनामा कोरोनाको संक्रमण देखिएको छ त्यहाँ ७ जनाको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार