free website hit counter

जीबन बीमा गर्दा यी कुराहरूमा ध्यान पुर्याऊ

beemaadmin
२०७६ मंसिर ९, सोमबार

पुराना र स्थापित जीवन बीमा कम्पनी रहेको अवस्थामा नेपाली बीमा बजारमा दश नयाँ जीबन बीमा कम्पनी थपिएका छन् । नेपालमा बीमाको बजार अझै विस्तार हुने सम्भावना प्रसस्त रहेको दावी गरिएतापनि बीमा गर्नेको सङख्यामा खासै प्रगति हुन सकेको भने देखिदैन । त्यसो हुनुको प्रमुख कारण भनेको जनताको आर्थिक अवस्थामा उलेख्य सुधार हुन नसक्नु नै हो । कमाइ धेरै भएको अवस्थामा मात्र ठूलो रकमको जीबन बीमा गर्ने हो ।

दैनिक जीबन धान्न नै धौ धौ पर्ने अवस्थामा बीमा गर्ने कुरा सम्भव देखिदैन । यस्तो परिस्थितिका कारण नेपाली बीमा बजारमा सिमित ग्राहकलाई विभिन्न आकर्षक योजनाहरूमा लोभ्याउँदै बीमा गराउने होडबाजी नै चलेको देखिन्छ । आकर्षक विज्ञापन, योग्य र कुसल एजेन्ट तथा ठूलो प्रतिफलको आशाले जीबन बीमा गर्न उत्साहित बनाइरहेको देखिन्छ । हामीले जीबन बीमा त गर्ने तर कुन कम्पनीमा गर्ने बीमा गर्दा के कस्ता कुरामा विशेष ध्यान दिने अनि एजेन्टसँग प्रश्न गर्दै आफ्नो जिज्ञासा शान्त भए पछि मात्र बीमा गर्ने भन्ने विषयमा निम्न कुराहरूमा मुख्य रुपमा ध्यान दिदा राम्रो हुनसक्छ ।

 

जीबन बीमा पहिले परिबारको सुरक्षाका लागि मात्र जस्तो हो भन्ने धारणा आम नेपालीमा भए तापनि अहिले आफ्नो जीबन छदै त्यसको सही सदुपयोग गर्ने वातावरण निर्माणका लागि हो भन्ने विश्वास बढदो छ । आफूलाई कति रकमको बीमा चाहिएको हो । आफ्नो उमेर कति हुँदा कति पैसा प्राप्त हुन्छ भन्ने कुराको हेक्का राख्दै आवश्यक रकमका लागि बार्षिक तिर्नुपर्ने प्रिमियमका लागि आफू सक्षम छु कि छैन भन्ने कुराको निक्र्यौल गर्न हिजोआज थुप्रै जीवन बीमा क्यालकुलेटर इन्टरनेटको सहायताले उपलब्ध हुनसक्छ त्यो कुराको सही विश्लेषण गर्दै बीमा एजेन्टसँग समेत परामर्स र जानकारी लिएर मात्र बीमा गर्नु उपयुक्त हुन्छ । आवेशमा आएर वा एजेन्टको उक्साहटमा ठूलो रकमको बीमा गर्ने अनि प्रिमियम तिर्ने बेलामा समस्या आउनु ठिक होइन । त्यसैगरी आवश्यक परेका बेला बीमाबाट प्राप्त हुने रकम अपुग हुने अवस्थाबाट समेत जोगिनु पर्छ ।

 

जीबन बीमाका प्रतिस्पर्धि बजारमा कम्पनीले ल्याएको विविध पोलिसि मध्ये आफूलाई उपयुक्त हुने पोलिसि कुन हो सोको निक्र्यौल गर्नु पर्ने हुन्छ । त्यसका लागि उपलब्ध विविध पोलिसि मध्ये कुन पोलिसि आफ्नो लागि उपयुक्त हो त्यसका बारेमा एजेन्ससँग परामर्स गर्नु र भविष्यमा आफ्नो लक्ष्य अनुरुप मिल्दोजुल्दो योजना छान्न सक्नुपर्छ ।

 

बीमा कम्पनीहरू मध्ये कुन कम्पनीको प्रगतिको अवस्था कस्तो छ सो कुरा पनि महत्वपूर्ण हुन्छ । बीमा कोष र जगेडा कोष उच्च भएको अनि बोनस दर राम्रो दिन सक्षम कम्पनीमा बीमा गर्दा ढुक्क हुन सकिन्छ । त्यसका लागि कम्पनीको सञ्चालक देखि त्यसको ट्याक रेकर्ड अनि आर्थिक स्वास्थ्य हेर्नु जरुरी छ । नयाँ कम्पनीको हकमा भने बीमा कोष र जगेडा कोषभन्दा पनि प्रगतिको रफ्तार कस्तो छ सो हेरेर मात्र बीमा गर्नु जरुरी हुन्छ ।

 

 

बीमा गर्दा एजेन्टका बारेमा पनि सही जानकारी लिनुपर्छ धेरै छुट र लोभ्याउँदो प्रतिफलको बारेमा सुनेर मात्र बीमा गर्नु हुँदैन । एजेन्टले आफूलाई बीमा गराए बापत हुने आम्दानीको ठूलो हिस्सा छुट पाउने प्रलोभनमा परेर क्षणिक लाभ हासिल गर्नुभन्दा भविष्यमा राम्रो प्रतिफल दिनसक्ने योजना र बीमा कम्पनी छान्न सक्दा बढी दीर्घकालिन लाभ हुन्छ ।

 

जीवन बीमा छोटो र लामो समयसम्मका लागि हुन्छ आफलाई कहिले पैसाको बढी आवश्यकता पर्छ त्यसको चयन गरेर जीबन बीमा गर्नु उपयुक्त हुन्छ । छोटो समयका लागि गर्दा बढी प्रिमियम र कम प्रतिफल प्राप्त हुन्छ भने धेरै लामो सयमका लागि गर्दा त्यसको उपभोग गर्न नै नसक्ने अवस्था सिर्जना हुन सक्छ तसर्थ बीमाको अवधि स्मार्ट पूर्वक छान्नु पनि एक कला नै हो । त्यसका लागि सही एजेन्टको सही परामर्स आवश्यक हुन्छ ।

 

जीबन बीमा गरे पश्चात् कहिले प्रिमियम तिर्ने कसरी तिर्ने भन्ने कुराको योजना नै बनाएर नियमित पोलिसीको मातहतमा रहेर प्रिमियमको भुक्तानी गर्नुपर्छ । आवश्यक योजनाको अभावमा समयमा प्रिमियम नबुझादा पोलिसी समाप्त हुने खतरा हुन्छ । प्रिमियम तिर्ने बेला अगावै पूर्व सूचना दिने प्रचलन सुरु भइसकेको छ । त्यस्तो सूचनालाई आधार बनाउनु पर्छ । प्रिमियम तिरे पश्चात् पनि सूचना प्राप्त हुने व्यवस्था मिलाउने खालको कम्पनीमा बीमा गर्नु उपयुक्त हुन्छ ।

सम्बन्धित समाचार