free website hit counter

जीवन बीमककाे नाफा ४ अर्ब ५९ करोड

beemaadmin
२०८३ बैशाख ३०, बुधबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा जीवन बीमा कम्पनीहरूको समग्र नाफा घटेको देखिएको छ। सार्वजनिक भएका १४ जीवन बीमा कम्पनीहरूको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कुल खुद नाफा ५.५५ प्रतिशतले घटेर ४ अर्ब ५९ करोड २० लाख रुपैयाँमा सीमित भएको हो। गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूले ४ अर्ब ८६ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १० वटा कम्पनीको नाफा बढेको छ भने ४ कम्पनीको नाफा घटेको छ। नाफा वृद्धिदरका आधारमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल अग्रस्थानमा रहेको छ। कम्पनीको नाफा ३५.७७ प्रतिशतले बढेर ३२ करोड ४ लाख ६७ हजार रुपैयाँ पुगेको छ। गत वर्ष सो कम्पनीले २३ करोड ६० लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो।

सूर्यज्योति लाइफको नाफा ११.६९ प्रतिशतले बढेर ३३ करोड ३ लाख ३२ हजार रुपैयाँ पुगेको छ भने एशियन लाइफले ३.७८ प्रतिशत वृद्धि गर्दै ३४ करोड ७३ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको छ। त्यसैगरी सन नेपाल लाइफको नाफा ३.३५ प्रतिशतले बढेर ३४ करोड २३ हजार रुपैयाँ पुगेको छ।

नेशनल लाइफले १.९८ प्रतिशत वृद्धि गर्दै ४१ करोड ६६ लाख २९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने प्रभु महालक्ष्मी लाइफको नाफा १.६१ प्रतिशतले बढेर २५ करोड ७० लाख ७० हजार रुपैयाँ पुगेको छ।

रिलायबल नेपाल लाइफको नाफा ०.९९ प्रतिशतले बढेर ४७ करोड ४ लाख १७ हजार रुपैयाँ पुगेको छ। सानिमा रिलायन्स लाइफले ०.९४ प्रतिशत वृद्धि गर्दै ३४ करोड ८ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको छ। सिटिजन लाइफको नाफा ०.६६ प्रतिशतले बढेर ३६ करोड ४४ हजार रुपैयाँ पुगेको छ भने आईएमई लाइफको नाफा ०.४३ प्रतिशतले वृद्धि भएर ३६ करोड ७९ लाख १६ हजार रुपैयाँ पुगेको छ।

यता, केही कम्पनीहरूको नाफा भने उल्लेख्य रूपमा घटेको देखिएको छ। राष्ट्रिय जीवन बीमा कम्पनीको नाफा सबैभन्दा धेरै ७३.९४ प्रतिशतले घटेर ४० लाख १७ हजार रुपैयाँमा सीमित भएको छ।

त्यस्तै हिमालयन लाइफको नाफा ४४.६५ प्रतिशतले घटेर २६ करोड १४ लाख ४४ हजार रुपैयाँमा झरेको छ। नेपाल लाइफको नाफा २७.४० प्रतिशतले घटेर ४५ करोड ४८ लाख ९४ हजार रुपैयाँमा सीमित भएको छ भने अमेरिकन मेट लाइफको नाफा १२.३३ प्रतिशतले घटेर ३० करोड २५ लाख ४६ हजार रुपैयाँ पुगेको छ।

जीवन बीमा कम्पनीहरूको नाफा

बीमा कम्पनी २०८२ चैत २०८१ चैत फरक (%)
एलआईसी नेपाल ३२०५६७ २३६०२२ ३५.७७
सूर्यज्योति लाइफ ३३०३३२ २९५७५० ११.६९
एशियन लाइफ ३४७३६६ ३३४७७६ ३.७८
सन नेपाल लाइफ ३४००२३ ३२८५१७ ३.३५
नेशनल लाइफ ५१६६२१ ५०६५२२ १.९८
प्रभु महालक्ष्मी लाइफ २१५०७० २१०७२३ १.६१
रिलायबल नेपाल लाइफ ४७०४१७ ४६५७९६ ०.९९
सानिमा रिलायन्स ३४०८५८ ३३७६५७ ०.९४
सिटिजन लाइफ ३६००४४ ३५७६४९ ०.६६
आईएमई लाइफ ३६७९१६ ३६६३३३ ०.४३
अमेरिकन मेट लाइफ ३०२५४६ ३४५११४ -१२.३३
नेपाल लाइफ ४५४८१४ ६२६६०९ -२७.४०
हिमालयन लाइफ २६१४४४ ४७३४०० -४४.६०
राष्ट्रिय जीवन बीमा ४०१७ १५४९१ -७३.१४
जम्मा ४५९२०४३ ४८६९७०६ -५.५५

सम्बन्धित समाचार