free website hit counter

जीवन बीमा कम्पनीले कमाए साढे तीन अर्ब

beemaadmin
२०८१ फाल्गुन १, बिहीबार

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा १४ जीवन बीमा कम्पनीहरुले करिव साढे तीन अर्ब रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन् । गत आवको तुलनामा मुनाफा १४.८५ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा कुल तीन अर्ब ४८ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुले तीन अर्ब तीन करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा नेपाल लाएफ इन्स्योरेन्स र वृद्धिदरको आधारमा सिटिजन लाइफ अग्रस्थानमा रहेका छन् । समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ४६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.४५ प्रतिशत बढी रहेको छ । कम्पनीले गत आवमा ४२ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । साथै, दोस्रो नम्बरमा रहेको हिमालयन लाइफको मुनाफा ८.७३ प्रतिशतले बृद्धि भई ३४ करोड ६० लाख रुपैयाँबाट ३७ करोड ६२ लाख रुपैयाँ पुगेको छ । रिलायबल नेपाल लाइफले छोटो अवधिमा नै उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले ३५ करोड तीन लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । त्यस्तै, चालु आवको पुष मसान्तसम्ममा सन नेपाल लाइफले २८ करोड २२ लाख रुपैयाँ, नेशनल लाइफले २७ करोड ९१ लाख रुपैयाँ, आइएमई लाइफले २६ करोड ७८ लाख रुपैयाँ, एशियन लाइफले २५ करोड तीन लाख रुपैयाँ सानिमा रिलायन्स लाइफले २३ करोड १६ लाख रुपैयाँ र सिटिजन लाइफले २३ करोड नौ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा मेट लाइफ नेपालले २२ करोड २५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १९ करोड ६१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १८ करोड २५ लाख रुपैयाँ, एलआइसी नेपालको १४ करोड १८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको ८० लाख ६५ हजार रुपैयाँ खुद नाफा रहेको छ । गत आर्थिक वर्षको तुलनामा सिटिजन लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा बढी अंकले बृद्धि भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सले मुनाफा ८६.७८ प्रतिशतले बृद्धि गर्न सफल भएको हो । त्यस्तै, दोस्रो नम्बरमा एशियन लाइफ रहेको छ । कम्पनीको खुद नाफा ५६.५५ प्रतिशतले बृद्धि भएको छ भने तेस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा गत आवको तुलनामा ५१.७० प्रतिशतले बृद्धि भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार