free website hit counter

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

काठमाडौं । लगानीको क्षेत्र नियामक निकाय नेपाल बीमा प्राधिकरणले तोकिदिएको हुँदा बीमकहरुले आफूखुशी लगानी गर्न पाउँदैनन् । अहिले १४ वटा जीवन बीमा कम्पनीहरुसँग ७ खर्ब ३ अर्ब बराबरको फन्ड छ। जुन उनीहरुले १२ वटा क्षेत्रमा लगानी गर्न सक्छन्। लगानीको ठूलो हिस्सा बोकेर बसेका जीवन बीमा कम्पनीहरुले पुस मसान्तसम्म आइपुग्दा ७ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ बिमाकोषबाट लगानी गरेका छन्। १४ वटा जीवन बिमामध्ये सबैभन्दा ठूलो कोष नेपाल लाइफ इन्स्योरेन्ससँग र सबैभन्दा थोरै सन नेपाल लाइफ इन्स्योरेन्ससँग छ। नेपाल लाइफले पुस मसान्तसम्म बिमाकोषमा रहेको १ खर्ब ८२ अर्बबराबरको रकम निक्षेपसहित ९ वटा क्षेत्रमा लगानी गरेको छ।समग्रमा १४ जीवन बिमा कम्पनीहरुले नेपाल सरकारको तीन तहका तथा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा ३ अर्ब रकम लगानी गर्दा वाणिज्य बैंकको निक्षेपमा ४ खर्ब ९९ अर्ब, पूर्वाधार बैंकको मुद्दतीमा ६ अर्ब ९७ करोड, विकास बैंकको मुद्दतीमा ४७ अर्ब, वित्त कम्पनीको मुद्दतीमा ६ अर्ब रुपैयाँ लगानी गरेका छन्। यस्तै सूचीकृत पब्लिक कम्पनीको बन्ड तथा डिबेन्चरमा १६ अर्ब ८४ करोड रुपैयाँ लगानी गर्दा कृषि उत्पादन तथा वितरण, सडक पूर्वाधारलगायतमा ८ अर्ब ९८ करोड रुपैयाँ लगानी गरेका छन्। योबाहेक जीवन बिमा कम्पनीहरुले नागरिक लगानी कोष र म्युचुअल फन्डमा २ अर्ब ९२ करोड, इन्भेस्टमेन्ट कम्पनीका सेयरमा २ अर्ब ५३ करोड र अन्य संस्थापक सेयरमा १५ अर्ब ५१ करोड रुपैयाँ लगानी गरेका हुन्। यो अवधिमा जीवन बीमा कम्पनीहरुले सूचीकृत नभएको पब्लिक कम्पनीमा भने १ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेका छन्। जसमा ७२ प्रतिशत हिस्सा अझै पनि निक्षेपकै छ। जीवन बिमा कम्पनीहरुले ७ खर्बमा ५ खर्ब ६ अर्बबराबरको लगानी अझै पनि वाणिज्य बैंकको निक्षेपमै मात्रै लगानी गरेका छन्। जीवन बिमकको लगानी (दोस्रो संशोधन) निर्देशन २०८० अनुसार यी संस्थाहरुले वाणिज्य बैंकहरुको निक्षेपमा ३० प्रतिशत मात्रै लगानी गर्न पाउने व्यवस्था छ।
नियामक प्राधिकरणले लगानीको लागि १२ वटा क्षेत्रहरु खुला गरे पनि जोखिम लिन नचाहेका जीवन बिमा कम्पनीहरुले वाणिज्य बैंकको निक्षेपमा मात्रै ९० प्रतिशतसम्म लगानी गर्दै आएका थिए। सहज प्रतिफलमा रमाउँदै आएका बिमा कम्पनीहरुले ब्याजदर तल्लो सीमामा आएपछि भने निक्षेपमा गर्ने लगानीलाई घटाउँदै लगानी विविधीकरण गर्न सहायक कम्पनीको रुपमा इन्भेस्टमेन्ट कम्पनी स्थापना गर्न थालेका हुन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार