free website hit counter

जीवन बीमा कम्पनीहरूले ११ महिनामा साढे १ खर्बभन्दा बढी बीमाशुल्क संकलन

beemaadmin
२०८३ असार १०, बुधबार

काठमाडौं चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।

Advertisement
Advertisement

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले १ करोड १७ लाख ३७ हजार २९८ वटा बीमा पोलिसी बिक्री गरेका छन्।

Advertisement
TEST

यस अवधिमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनीको रूपमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले ४६ अर्ब १६ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

त्यसैगरी, नेशनल लाइफ इन्स्योरेन्स २२ अर्ब २१ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै दोस्रो स्थानमा रहेको छ भने एलआईसी नेपाल १८ अर्ब ४८ करोड ३५ लाख रुपैयाँसहित तेस्रो स्थानमा रहेको छ।

हिमालयन लाइफ इन्स्योरेन्सले १५ अर्ब ७९ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले १० अर्ब ६२ करोड रुपैयाँ तथा सूर्यज्योति लाइफ इन्स्योरेन्सले १० अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्सले ८ अर्ब ७१ करोड रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ७ अर्ब ५९ करोड रुपैयाँ तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ६ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

आईएमई लाइफ इन्स्योरेन्सले ६ अर्ब १७ करोड रुपैयाँ, मेट लाइफले ६ अर्ब १० करोड रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ५ अर्ब ४१ करोड रुपैयाँ तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५ अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्।

समीक्षा अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्सले ३ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

सम्बन्धित समाचार