free website hit counter

जेनजी आन्दोलनको क्षतिबापत हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

beemaadmin
२०८२ आश्विन २०, सोमबार

काठमाडौं । आन्दोलनमा भएको क्षतिको परिपूर्ति बीमाले गर्दैछ । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले मात्रै गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको यथासिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया आरम्भ गरेको छ । हिमालयन एभरेष्टमार्फत बिमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबीमध्ये हालसम्म २४५ वटा दावी बापत हालसम्म २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । उक्त दावी भुक्तानी रकम जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरुको अग्रिम तथा अन्तिम दावी भुक्तानी बापत रहेको कम्पनीले जनाएको छ । नियामकीय प्रावधानभित्र रही सरल र सहज दावी भुक्तानीका लागि कम्पनी प्रतिवद्ध रहेको दावी विभाग प्रमुख रोजराज लुइटेलले बताए । उच्च प्राथमिकताका साथ भई रहेको दावी भुक्तानी २१ गते मंगलबारबाट पुन यथावत हुने कम्पनीले जनाएको छ । हिमालयन एभरेस्ट इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै, बीमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो । यस प्रयासले बीमितलाई विषम परिस्थितिमा आर्थिक राहत र संरक्षण सुनिश्चितता प्रदान गर्ने उद्देश्य राखेको उल्लेख गरेको छ। यसका साथै, हिमालयन एभरेष्टमार्फत बीमा भई क्षतिपूर्तिको दावी भुक्तानी बाँकि रहेका बिमितहरुलाई आवश्यक कागजात र प्रक्रिया पुर्‍याइ आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कम्पनीले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार