free website hit counter

जेनजी आन्दोलनको भौतिक क्षतिमा २२ अर्ब २५ करोड बीमा दाबी

beemaadmin
२०८२ आश्विन ६, सोमबार

काठमाडौं । भ्रष्टाचाररहित सुशासनको माग सहित आन्दोलनमा उत्रिको नयाँ पुस्ता जेन–जीको आन्दोलनका क्रममा भएको भौतिक क्षतिको बीमा दावी बढेर रु २२ अर्ब २५ करोड नाघेको छ । नेपाल बीमा प्राधिकरणले दिएको विवरणअनुसार यस्तो दावी २२ अर्ब २५ करोड ६५ लाख रहेको छ । भदौ २३ को ‘जेन–जी’को प्रदर्शनमा सरकारले दमन गर्न गोली चलाउँदा १९ जना कलिला युवाको ज्यान गएपछि भोलिपल्ट देशभर प्रदर्शन उग्र भएको थियो । त्यस क्रममा सरकारी कार्यालयदेखि नेताहरुको घर र निजी क्षेत्रका उद्योग व्यवसायमा समेत तोडफोड र आगजनी भएको थियो । उक्त आन्दोलनमा भएको क्षतिको दावी दावी अपेक्षाकृत निकै धेरै हुँदा निर्जीवन बीमा कम्पनीहरुलाई सकस भएको छ । सबैभन्दा धेरै दावी द ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । उक्त कम्पनीमा झण्डै रु पाँच अर्ब २३ करोडको दावी परेको छ । सबैभन्दा कम रु. २० करोड ३६ लाख प्रभु इन्स्योरेन्स कम्पनीमा परेको छ । पछिल्लो चरणमा खुलेका माइक्रो इन्स्योरेन्स कम्पनीमा पनि उल्लेख्य दावी परेको छ । सबैभन्दा बढी नेसनल माइक्रो इन्स्योरेन्समा छ करोड ८४ लाखको बीमा दावी परेको छ भने सबैभन्दा कम नेपाल माइक्रो इन्स्योरेन्समा रु ४१ लाखको बीमा दावी परेको छ । यस्तै सम्पत्ति बीमातर्फ रु १८ अर्ब ८१ करोड दावी परेको छ भने मोटर बीमातर्फ रु। दुई अर्ब ६१ करोडको दावी परेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार