free website hit counter

जेनजी आन्दोलनको भौतिक क्षति ८४ अर्बको

beemaadmin
२०८२ पुष २७, आईतवार

काठमाडौं । नेपालको इतिहासमा सबैभन्दा ठूलो भौतिक क्षति व्यहोरेको युवा विद्रोहको उपलब्धी हात नलागे पनि क्षतिको आँकडा सुन्दा जिउ नै सिरिङ्ग हुने खालको छ । गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा ८४ अर्ब ४५ करोड ७७ लाख कुल भौतिक क्षति भएको छ । योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदनले ८४ अर्ब बढीको भौतिक क्षति भएको देखाएको छ । जुन क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १।३८ प्रतिशत र चालु आर्थिक वर्षको बजेटको ४.३० प्रतिशत हो। कुल क्षति रकम मध्ये सरकारीरसार्वजनिक क्षेत्रमा ५३ प्रतिशत, निजी क्षेत्रमा ४० प्रतिशत र सामुदायिक तथा अन्य क्षेत्रमा ७ प्रतिशत अंश रहेको प्रतिवेदनमा उल्लेख छ । बागमती प्रदेश सबैभन्दा धेरै प्रभावित भएको छ। आन्दोलनको क्रममा कुल २,६७१ भवन क्षतिग्रस्त भएका छन्, जसमध्ये ७९।८ प्रतिशत सार्वजनिक भवन रहेका छन् । आन्दोलनका क्रममा भवनमा ३९ अर्ब ३१ करोड ७५ लाख, सवारी साधनमा १२ अर्ब ९३ करोड ६१ लाख, अन्य भौतिक सम्पत्तिमा २० अर्ब ३६ करोड ४० लाख, नगद तथा बहुमूल्य वस्तुमा २ अर्ब ८१ करोड ३४ लाख र बाँकी रकम ९ अर्ब २ करोड ६७ लाख अन्य अस्थायी सम्पत्ति तथा निजी सम्पत्तीमा क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार