free website hit counter

जेलमा मृत्युदण्ड पर्खिरहेकी महिलाको मुस्कुराइरहेको तस्बिर भाइरल भएपछि प्रहरीलाई फसाद

beemaadmin
२०७७ फाल्गुन २१, शुक्रबार

एजेन्सी । मृत्युदण्ड कुरेर बसेको मानिस को चाहिँ खुशी हुन सक्ला ? आफूलाई मृत्युदण्ड सुनाइएको खबर सुनेपछि कसको अनुहारमा हाँसो छाउन सक्ला ?  जेलमा रहेर मृत्युदण्डको प्रतिक्षा गरिरहेकी एक महिलाको तस्वीर सामाजिक संजालमा भाइरल भएपछि २ जना सुरक्षाकर्मीलाई निलम्बन गरिएको छ । भारतको उत्तर प्रदेशको अमरोहाको बावनखेडी निवासी शबनम अलीलाई हालै मृत्युदण्डको सजाय सुनाइएको थियो । उनले १३ वर्षअघि आफ्ना प्रेमीसँग मिलेर आफ्नो परिवारका ७ जनाको हत्या गरेकी थिइन् ।

शबनमलाई रामपुर जेलमा राखिएको थियो । सोमबार उनलाई बरेली जिल्ला जेलमा सारिएको थियो। रामपुर जेलबाट सामाजिक सञ्जालमा शबनमको मुस्कुराइरहेको फोटो भाइरल भयो । यस विषयमा अनुसन्धानपछि दोषी ठहर भएका दुई प्रहरीलाई निलम्बन गरिएको छ । रामपुर जेल सुपरिटेन्डेन्ट पीडी सलोनीयाले २६ जनवरीमा शबनमका केही तस्वीरहरु जेलबाट भाइरल भएको बताए । जाँचमा तिनीहरू सही भएको पत्ता लाग्यो र दुई सुरक्षाकर्मीहरु लेडी कन्स्टेबल नाहिद बी र पुरुष कन्स्टेबल शुइबलाई यस मामिलामा निलम्बन गरिएको छ। साथै सुरक्षाका कारण शबनमलाई बरेली जेलमा सारिएको छ ।

शबनमले सन् २००८ अप्रिल १५ मा आफ्नो प्रेमी सलीमसँग मिलेर आफ्ना पिता शौकत अली, आमा हाशमी, दाजु अनिस अहमद, उनकी पत्नी अंजुम, भतिजी रबिया र भाइ राशिदको हत्या गरेकी थिइन् । साथै अनिसका १० महिने छोरा अर्शको पनि हत्या भएको थियो । पहिले औषधी दिएर सबैलाई बेहोस पारेपछि अर्शबाहेक सबैको घाँटी छिनाइएको थियो । अर्शको घाँटी थिचेर हत्या गरिएको थियो ।

अनुसन्धानमा शबनम गर्भवती भएको खुलासा भएको थियो । तर परिवार सलिमसँग विवाह गर्न तयार थिएन । यही कारण शबनमले प्रेमी सलिमसँग मिलेर सिंगो परिवारको हत्या गरेकी थिइन् । जेलमा रहँदा शबनमले १४ डिसेम्बर २००८ मा छोराजन्माउकी थिइन् । उनका छोरा ६ वर्षका हुँदासम्म शबनमसँगै जेलमा थिए । छोरा ६ वर्ष भएपछि १५ जुलाई २०१५ मा जेलबाट बाहिर आए। त्यसपछि शबनमले आफ्नो छोरालाई आफ्नो कलेजको साथी उस्मान सौफीकहाँ छोडेकी थिइन् । छोरालाई उस्मानलाई सुम्पनु अघि शब्नामले पनि दुई सर्त राखेकी थिइन् । पहिलो छोरालाई कहिल्यै पनि आफ्नो गाउँमा नलगियोस् किनकि त्यहाँ उनको ज्यानलाई खतरा छ र दोस्रो छोराको नाम फेरियोस् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार