free website hit counter

जेल जाने भइन् रिया

beemaadmin
२०७७ भाद्र २७, शनिबार

मुम्बइ। अन्ततः बलिउड अभिनेत्री रिया चक्रवर्ती जेल जाने भएकी छिन् । उनको दोस्रो जमानत याचिका पनि खारेज भएको छ । रियासँगै उनका भाइ शोविक चक्रवर्ती, अब्दुल बासित, जैद विलात्रा, दीपेश सावन्त र सामुएल मिराण्डाको पनि जमानत याचिका खारेज भएको छ । अब उनीहरु सबै जना कम्तीमा १४ दिन जेलमै बस्नुपर्नेछ । न्यायाधीश जेबी गुरवले फैसला सुनाउँदै भने ‘यो गम्भीर अपराध हो र यसको जाँच गर्नु जरुरी छ ।’ सुशान्त सिंह राजपुतको मृत्युको अनुसन्धान गर्दै जाँदा यी सबै लागूऔषध तस्करीमा संलग्न रहेको खुलासा भएपछि उनीहरु जेल पुगेका हुन् । यसअघि बिहीबार महानगरीय मजिस्ट्रेट अदालतले फैसला सुरक्षित राखेको थियो जुन फैसला आज सुनाइएको हो । मजिस्ट्रेट अदालतमा जमानत याचिका खारेज भएपछि रियाले महानगरीय मजिस्ट्रेट अदालतमा अपिल गरेकी थिइन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोले रियालाई ८ सेप्टेम्बरमा गिरफ्तार गरेको थियो । उता प्रवर्तन निर्देशनालय (इडी) ले पनि रियाविरुद्ध अर्को केस दायर गर्न सक्छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार