काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा साेही कम्पनीमा कानुन विभागमा कार्यरत उमा जोशी नियुक्त भएकी छिन् ।
मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले जोशीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
बैठकले मंसिर २१ गतेदेखि लागू हुने गरी उनलाई कम्पनी सचिवको पदमा नियुक्त गरेको हो ।
नवनियुक्त कम्पनी सचिव जोशी कम्पनीको कानून विभागका नायव प्रबन्धक पनि हुन् ।