free website hit counter

जो आफैंले तयार पार्न लगाएको चितामा जलिरहे

beemaadmin
२०७६ पुष १, मंगलवार

काठमाडौं । भनिन्छ जन्म र मृत्यु आफ्नो बसमा हुँदैन । आफ्ना लागि कसैले पनि चिता तयार गर्दैन । तर दुःखद् संयोग चलचित्र विकास बोर्डको अध्यक्ष केशव भट्टराईले भने आफैंले अरुका लागि तयार गर्न लगाएको चितामा जल्नु परेको छ । भट्टराईले एक दिनअघि मात्रै मृत्यु भएका कलाकार दीपक क्षेत्रीको लागि बोर्डको बजेटमा तयार पार्न लगाएको चितामा आफैं जल्नु परेको छ भने कलाकार क्षेत्रीलाई भने अर्को चिता तयार गरी जलाइयो ।

एक दिनको अन्तरमा देहवसान भएका दुई कलाकारको सोमबार एकै साथ राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरियो । दुवै कलाकारको श्रद्धाञ्जलि र अन्त्येष्टिमा कार्यक्रममा कलाकारहरुको बाक्लो उपस्थिति थियो भने सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान प्रकट गरेका थिए ।

यी दुई कलाकारको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दुःख व्यक्त गर्दै सामाजिक सञ्जालमा शोक व्यक्त गरेका थिए । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बितेका दुई दिनमा हामीले प्रतिभावान् दुई कलाकार, केशव भट्टराई र दीपक क्षत्रीलाई गुमायौं । उहाँहरुको कला सधैं हाम्रो स्मृतिमा रहनेछ । हार्दिक श्रद्धाञ्जलि १ शोकाकुल आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

कलाकारद्वयको निधनप्रति हाम्रो तर्फबाट हार्दिक श्रद्धाञ्जली ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार