free website hit counter

ज्ञानेन्द्र शाहीको समूहले पनि मापसे गरेको खुल्यो

beemaadmin
२०७८ जेष्ठ ३१, सोमबार

काठमाडौं । अरुलाई शिक्षा दिनेले सानो गल्ती गरे पनि त्यो पहाड बन्छ त्यसलाई सबैले आत्मसाथ गर्नुपर्छ । शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर नगरपालिका(१३ स्थित करेखोलामा स्थानीय गाउँलेसँग राती ९ देखि २ बजेसम्म भिडन्त गरेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले मापसे गरेको प्रमाणित भएको छ । सोही राती अस्पतालमा उपचारको क्रममा प्रहरीले गरेको मापसे चेक जाँचमा ब्रेथलाइजरले उक्त पुष्टि गरेको हो । तर शाहीले आफूहरुले मद्यपान प्रयोग नगरेको र प्रहरीले ब्रेथलाइजरको टुप्पोमा स्यानिटाइजर दलेको कारण अल्कोहल पोजिटिभ देखिएको जिकिर गरेको भिडियोमा सुन्न र हेर्न सकिन्छ । यसैबीच उक्त घटना मिलाउन आज बेलुका १३ नम्बर वडा अध्यक्ष भुपेन्द्र दर्लामी,प्रहरी निरिक्षक कनक शाहीसँग अभियन्ता शाहीलगायत अन्य एक दर्जनको बैठक बसेको थियो । बैठकमा शाहीको टोलीले मिलापत्रका लागि निवेदन दिएपछि प्रहरी हिरासतमा रहेका युवाहरुले टाउको फुट्ने गरी कुटेकोमा गल्ती स्वीकार गरेका थिए । ज्ञानेन्द्र शाहीको टोलीले पनि गल्ती स्वीकार गरेपछि मिलापत्र गरिएको थियो । त्यसपछि प्रहरी हिरासतमा रहेका युवाहरु छुटेका छन् । डिस्चार्ज भए पनि प्रदेश अस्पतालमा उपचाररत भन्दै बसेका शाहीको टोली स्थानीय सत्कार होटलमा बस्न गएको छ ।

सम्बन्धित समाचार

मिथिला लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

आशा लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

सन्दीपको पेसी आज पहिलो नम्बरमा

beemaadmin
२०८१ बैशाख २३, आईतवार