free website hit counter

ज्यान गुमाउनेको संख्या बढ्यो, काठमाडौंमा एक, मोरङमा दुई

beemaadmin
२०७७ श्रावण २१, बुधबार

काठमाडौं । कोरोना कहरका कारण नेपालमा ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । समुदायस्तरमा कोरोनाको प्रकोप देखिएपछि ज्यान गुमाउनेको ग्राफ उकालो लागेको हो । लकडाउनको अन्त्यसँगै कोरोना कहरले समाजमा नराम्रोसँग जरा गाडेको अनुमान गरिएको छ ।
कोरोना भाइरसको संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ ।

बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको मृत्यु भएको हो । उनलाई मनमोहन अस्पतालबाट १६ गते सशस्त्र प्रहरीको अस्पताल भर्ना भएकी थिइन् । उनलाई निमोनियाका साथै स्क्रब टाइफस समेत देखिएको थियो ।

कोरोना संक्रमण उपत्यका बाहिर झन भयावह बन्दै गएको छ । मोरङमा बुधबार मृत्यु भएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिका– ९ का ४५ वर्षका पुरुष मंगलबार राति अस्पताल भर्ना भएका थिए । उनको बुधबार दिउँसो १ बजे मृत्यु भएको थियो ।

यसैगरी, रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षका पुरुषको भने अस्पताल ल्याउने क्रममा बुधबार बिहान साढे १० बजे मृत्यु भएको थियो । कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब संकलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार