काठमाडौं । साखा सञ्जाल विस्तारको क्रममा रहेको ज्योति विकास बैंकले एकैदिनमा ३ वटा नयाँ शाखा थप गरेको छ । बैंकले ललितपुर महानगरपालिकाको झम्सीखेल, नागार्जुन नगरपालिकाको सीतापाईला र काठमाडौं महानगरपालिकाको रातोपुलमा नयाँ शाखा एकै दिन शुरु गरेको हो ।
ललितपुरको झम्सीखेल शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका छन् ।
त्यसैगरी, सीतापाईला शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष तथा संस्थापक शेयरधनी ध्रुवकुमार उप्रेतीले गरेका छन् भने रातोपुल शाखाको उद्घाटन संचालक समितिका सदस्य जगदीश्वरप्रसाद अधिकारीले गरेका छन् । बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यकासाथ ज्योति विकास बैंकले ३ नयाँ शाखा संचालनमा ल्याएको हो।
हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्ट र तथा ४३ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ।