free website hit counter

ज्योति क्यापिटलको अध्यक्षमा बराल

beemaadmin
२०८० पुष २, सोमबार

काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको आइतबार सम्पन्न सञ्चालक समितिको ४५ औँ बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनीत भई आएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश बराललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको छ । बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४ वर्ष भन्दा बढीको अनुभव बोकेका बराल आइतबारदेखि लागू हुने गरी यस ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् । बरालसँग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एसिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा कार्य गरेको अनुभव रहेको छ । यसका साथै, एन आई सी एसिया लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालकको भूमिका निर्वाह गरेका बरालको अन्य विभिन्न संस्थाहरूमा समेत सफल कार्य गरेको अनुभव रहेको छ । भारतको आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्सी गरेका बरालले त्रिभुवन विश्वविद्यालयबाट एल एल।बि को साथै अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार