free website hit counter

ज्योति लाइफको धनबहार जीवन योजना (ज्योति थ्रि ट्वान्टी)

beemaadmin
२०७६ पुष ९, बुधबार

सावधिक जीवन बीमा योजनाअन्तर्गत उत्कृष्ट रुपमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बजारमा ल्याएको यो नयाँ बीमा लेख हो । यस बीमा योजनामा एघार वर्षको व्यक्तिदेखि नै समावेश हुन सक्दछन् भने यस बीमाको अधिकतम समाप्ति उमेर ७० वर्ष निर्धारण गरिएको छ वा बीमालेख परिपक्व हुँदा बीमा गरिएको व्यक्ति बढिमा ७० वर्ष नजिक भएको हुनुपर्दछ । यस बीमालेख खरिद गर्ने बीमितले बीमा शुल्क वार्षिक, अर्धवार्षिक वा त्रैमासिक रुपमा बुझाउन मिल्दछ । यस बीमा लेखलाई छोटकरीमा (3-20) भनेर नामाकरण गरिएको छ ।

के हो थ्री ट्वान्टी ?
यो भनेको विमकले बीमितलाई दिइने भुक्तानीको प्रक्रिया हो । प्राय सावधिक जीवन बीमामा बीमाको अवधि सकिएपछि मात्रै बीमाङ्क रकम र मुनाफा दिइन्छ भने यस योजनामा अवधि सकिनु पहिला नै केही रकम फिर्ता गर्दछन् र आफ्नो आर्थिक गतिविधिलाई सहयोग पुग्दछ । उदाहरणका लागि २५ वर्ष उमेरको व्यक्तिले १० लाखको जीवन बीमा १५ वर्ष अवधिको गरेमा घातक रोगको सुविधा  (CI) लिएमा (ADB, PTD, PWB) सहित बीमाशुल्क रु ११८०४०।– प्रति वर्ष हुन आउँदछ ।

यसबीमाअन्तर्गत ३–२० भनेको बीमा योजना वा करार अवधि भित्र बीमितलाई अग्रिम भुक्तानी स्वरुप तीन पटकसम्म दिइने भुक्तानी हो र यो प्राय बीमकले ल्याएको सुविधा भन्दा फरक छ । किनकि यसले असाध्य रोगलाई पनि जोखिम बहन गर्ने हुँनाले यदि सुविधा लिएमा÷दिएमा समय सापेक्ष देखिन्छ । ३ (थ्री) भनेको बीमा अवधिभित्र तीनपटक भुक्तानी दिनु र २० (ट्वान्टी) भनेको बीमा अवधिपछि २० वर्षसम्म बीमाङ्कको ५ प्रतिशत रकम प्रतिवर्ष प्रदान गरिरहनु हो ।

यस बीमा योजनाका विशेषताहरु
– बीम अवधि सकिनु पहिल्यै केही भुक्तानी पाउनु ।
– भुक्तानी लिइसकेको र बीमालेख नियमित भएको स्थितिमा बीमितको मृत्यु भए बीमितले पाएको रकम कट्टि नगरी इच्छाइएको व्यक्तिलाई बीमाङ्क रकम र आर्जिन मुनाफा फेरि भुक्तान गर्नु ।
– समर्पण मूल्य दिइनु वा बीमा शुल्क बुझाएको २ वर्ष पूरा भएपछि आफूलाई आर्थिक समस्या परेमा बीमालेख धितो राखेर ऋण लिन पाउनु ।
– बीमालेखको अवधि सकिए पनि २० वर्षसम्म बीमा रकमको ५ प्रतिशत बीमितलाई भुक्तानी दिइरहनु ।
– १५ वर्षे बीमालेखमा बीमाङ्कको ५ वर्षमा ३३ प्रतिशत, १० वर्षमा ३३ प्रतिशत र १५ वर्ष वा अवधि समाप्तिपछि ३४ प्रतिशत र आर्जित मुनाफासहित बीमितलाई भुक्तान गरिनु ।
– दुर्घटनाबाट पूर्ण अशक्तता भएमा बीमाङ रकमलाई १ सय २० महिना भाग गरेर प्रतिमहिनाका दरले १० वर्षसम्म भुक्तानी गर्नु वा मासिक आय (MI)  को सुविधा दिनु । साथै बाँकी अवधिको बीमा शुल्क तिर्न नपर्नु ।
– १८ वा ३५ घातक रोगको उपचार खर्च बढीमा ५० लाखसम्म उपलब्ध गराउनु (यदि बीमा लेखमा उक्त सुविधा समावेश भएमा)
– बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमाङ्क रकमको दोब्बर रकम र आर्जित मुनाफासहित आश्रित वा इच्छाइएको व्यक्तिलाई भुक्तान गरिन्छ । (ठूलो बीमाङ्क रकम बराबरको दुर्घटना मृत्युलाभ नहुन सक्दछ र यस रकम बीमकले समय समयमा फेरबदल गर्न सक्दछ ।

यहाँ उल्लेखित प्राविधिक शब्दार्थ
बीमक : बीमा कम्पनी
बीमित : बीमा लेख खरिद गर्ने व्यक्ति ।
बीमालेख : बीमा गरेको व्यक्तिले पाएको बीमाको प्रमाणपत्र ।
दुर्घटन लाभ (ADB) : बीमालेखमा समावेश गरिएको थप सुविधा वा पूरक बीमालेख ।
घातक रोग (Critical Illness) : खतरनाक रोग जसको उपचारखर्च बढी हुन्छ र पूर्णतया सामान्य स्वास्थ्य स्थितिमा फर्किन गाह्रो हुन्छ वा समय लाग्दछ ।
३–२० : बीमा अवधिभर बीमाङ्क रकमको हिस्सा ३ पटकमा भुक्तान गर्ने र बीमालेखको अवधि पूरा भएको अवस्थामा थप मुनाफासहित बीमितलाई प्रदान गर्ने योजना हो ।
CI : Critical Illness वा घातक रोगको उपचार खर्च बीमकले बीमितलाई दिइने रुपियाँ हो ।

सम्बन्धित समाचार