काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुर्गिया उपशाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम ज्योति लाइफ इन्स्योरेन्स मुर्गिया उपशाखा र ह्यान्डिम्यान टेक्नोलोजीज प्रा।लि बुटवलको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्र न ५ का प्रमुख चरण दास तिमल्सेना र मणिग्राम शाखा प्रबन्धक लक्ष्मण पन्थको उपस्थिती रहेको कार्यक्रममा ह्यान्डिम्यान टेक्नोलोजिजको तर्फबाट संचालक प्रीतम के।सि, महेन्द्र बोहरा र सिइओ तारेन्द्र गौतम सहित ८० जना भन्दा बढिको सहाभागिता थियो। कार्यक्रम मुर्गिया उपशाखा प्रमुख चिरञ्जीवी ज्ञवालीले संचालन गरेका थिए ।