free website hit counter

ज्योति लाईफको बोनस ७५ रुपैयाँसम्म

beemaadmin
२०७७ भाद्र १४, आईतवार

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बोनस दर घोषणा गर्दै अधिकतम ७५ रुपैयाँयसम्म दिने घोषणा गरेको छ । कम्पनीले आव २०७५/०७६ का लागि बीमितलाई प्रतिहजार न्युनतम ४३ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको हो ।

कम्पनीले जनाएअनुसार सावधिक जीवन बीमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा बढी वर्षको सावधिक जीवन बीमालेखका लागि ७५ रुपैयाँ बोनश दर घोषणागरेको हो ।

Advertisement
Advertisement

सावधिक तथा आजीवन बीमालेख योजना अन्तर्गत ९ वर्षसम्म अवधिको ४३, १० देखि १४ वर्ष अवधिको लागि ४५, १५ देखि १९ वर्ष अवधिको ५०, २० देखि २४ वर्ष अवधिको ५५ र २५ वा सोभन्दा बढी अवधिको बीमालेखमा ७५ रुपैयाँ बोनश दर दिने भएको छ ।

Advertisement
Advertisement

अग्रिम भुक्तानी जीवन बीमालेख योजना अन्तर्गत भने १० देखि १४ वर्ष अवधिको ४३, १५ देखि १९ वर्ष अवधिको ४५, २० देखि २४ वर्ष अवधिको ५० रुपैयाँ बोनश दर तोकेको छ ।

सम्बन्धित समाचार