free website hit counter

ज्योति लाईफ छैठौं वर्षमा‌ प्रवेश

beemaadmin
२०७९ आश्विन ९, आईतवार

काठमाडौं। नयाँ नयाँ योजनाका साथ बीमा बजारमा आफूलाई स्थापित गर्न सफल ज्योति लाईफ इन्स्योरेन्सले पाँचौं वार्षिकोत्सव मनाएको छ। नेपालमा जीवन बीमा योजनासँगै घातक रोगविरुद्ध रक्षावरणको समेत रोज्न सकिने सुविधा पहिलो पटक ल्याएर ग्राहकको मन जित्ने पहिलो कम्पनी ज्योति लाइफले पछिल्लो समयमा सूर्या लाईफ इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको ज्योति लाईफ इन्स्योरेन्सले कम्पनीको प्रगतीमा स्थापनाकालदेखि नै सहयोग पुर्‍याएका अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक, संचारकर्मी लगायतमा हार्दिक आभार व्यक्त गरेको छ। कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा प्राथमिक शेयर जारी गरेको पहिलो वर्षमै १० प्रतिशत बोनश शेयर वितरण गर्न सफलता मिलेकोमा उपलब्धि मानेको छ। साथै कूल लगानी १० अर्ब रुपैयाँ र ६ अर्ब रुपैयाँको जीवन बीमा कोष स्थापना गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। संचालनको चौथो वर्षमा ३ अर्ब ८० करोड रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ।

सम्बन्धित समाचार

चैतका लागि बैंकको ब्याजदरमा घटबढ

beemaadmin
२०८१ फाल्गुन २९, बिहीबार

सानिमा जिआईसीले बोलायो सभा

beemaadmin
२०८१ फाल्गुन २८, बुधबार