free website hit counter

ज्योति विकास बैंकले १२.७५ प्रतिशत लाभांश दिने

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

काठमाडौं । ज्योति विकास बैंकले आठ वर्ष यताकै उच्च लाभांश दिने भएको छ । बैकको बुधवार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । बैंकको यो आठ वर्ष यताकै उच्च लाभांश हो। बैकले वितरण योग्य नाफा र जगेडा कोषबाट उक्त लाभांश दिने निर्णय गरेको हो।

गत वर्ष ८.४ प्रतिशत लाभांश दिएको थियो। यसअघि बैंकले आर्थिक वर्ष २०६९/७० मा १२.६ प्रतिशतसम्म लाभांश दिएको थियो। प्रस्तावित लाभांश राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। गत वर्षको चौमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैकको चुक्ता पुँजी ३ अर्ब १ करोड रूपैयाँ छ। बैंकको जगेडा कोषमा ८४ करोड रूपैयाँ छ। गत वर्ष बैकले ५० करोड रूपैयाँ नाफा गरेको थियो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार