free website hit counter

ज्योति विकास बैंकले १२.७५ प्रतिशत लाभांश दिने

beemaadmin
२०७६ मंसिर १९, बिहीबार

काठमाडौं । ज्योति विकास बैंकले आठ वर्ष यताकै उच्च लाभांश दिने भएको छ । बैकको बुधवार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । बैंकको यो आठ वर्ष यताकै उच्च लाभांश हो। बैकले वितरण योग्य नाफा र जगेडा कोषबाट उक्त लाभांश दिने निर्णय गरेको हो।

गत वर्ष ८.४ प्रतिशत लाभांश दिएको थियो। यसअघि बैंकले आर्थिक वर्ष २०६९/७० मा १२.६ प्रतिशतसम्म लाभांश दिएको थियो। प्रस्तावित लाभांश राष्ट्र बैक र साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउने छन्। गत वर्षको चौमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैकको चुक्ता पुँजी ३ अर्ब १ करोड रूपैयाँ छ। बैंकको जगेडा कोषमा ८४ करोड रूपैयाँ छ। गत वर्ष बैकले ५० करोड रूपैयाँ नाफा गरेको थियो।

सम्बन्धित समाचार