free website hit counter

ज्वाइ छोरीको भिडियो जब गुगलले सासु आमालाई पठायो…

beemaadmin
२०७७ चैत्र २७, शुक्रबार

एजेन्सी । आफ्नो व्यक्तिगत र निजी जीवनका गतिविधिहरु मोबाइलमा कैद गर्दा निकै सावधानी अपनाउनु पर्ने हुन्छ । यस्ता भिडियाले मानिसलाई ठूलै सामाजिक संकटमा पनि पार्न सक्छ ।  प्रविधिको निरन्तर विकास भइरहेको छ । अहिले धेरै यस्ता प्रविधिहरु आइसकेका छन् कि कैयौं कामहरु हामीले सम्झिएर गर्नुपर्ने नै हुँदैन ।

कुनै उपकरणमा कुनै फिचर सेट गरेर राखिदियो भने त्यो उपकरणले निर्धारित काम आफैं गर्छ । तर, त्यस्ता फिचरहरु सही तरिकाले प्रयोग गर्न नजान्दा भने ठूलो आपत आइलाग्छ ।

क्यानडाकी एक महिलाका लागि गुगलको एक फिचर प्रयोग गर्दा भएको गल्तीले निकै ठूलो तनाव दिएको छ । सामाजिक संजालमा सक्रिय यी महिला त्यतिबेला तनावमा परिन् जब गुगलले उनको एउटा अश्लील भिडियो उनकी आमालाई पठाइदियो । यी महिलाले आफूसँग भएको यो घटना सामाजिक संजाल टिकटकमा एक भिडियोमार्फत बताएकी छिन् ।

कारा टोनीन नामकी यी महिलाले बताएकी छिन् कि कसरी उनको फोनमा भएको एउटा एपमा उनी आफैंले सेट गरेको फिचरका कारण उनी र उनका श्रीमानको शारीरिक सम्बन्धको भिडियो उनकी आमाकहाँ पुग्यो । द सनमा प्रकाशित रिपोर्टअनुसार खासमा यी महिलाले आफ्नो फोनमा भएको एप ‘गुगल फोटोज’मा एउटा फिचर सेट गरेकी थिइन् । यो फिचरले उनको फोनमा खिचिएका फोटोमा मानिसको अनुहार चिन्थ्यो र उनका छोराको अनुहार भएको फोटो वा भिडियो भएमा ती फोटो र भिडियो उनकी आमालाई पठाउँथ्यो ।

काराले यो फिचर आफैं सेट गरेकी थिइन् ताकि हजुरआमाले आफ्ना नातीका फोटो र भिडियोहरु हेर्न सकुन् । तर, यो प्रविधि उनकै लागि भारी पर्न सक्छ भन्ने उनले कल्पना पनि गरेकी थिइनन् । त्यस दिन कारा र उनका श्रीमानले भान्छामै यौनक्रिडा सुरु गरे । यस क्रममा उनीहरुले भिडियो पनि खिचेका थिए । भान्छामा फ्रिजमा काराका छोराको फोटो टाँसिएको थियो ।

गुगल फोटोजले काराका छोराको अनुहार चिन्यो र यो भिडियो उनकी आमालाई पठाइदियो । घटनापछि काराले टिकटक भिडियोमार्फत आमासँग माफी मागेकी छिन् । यो भिडियोमा प्रतिक्रिया दिनेहरुले प्रविधिका कारण हुनसक्ने समस्याप्रति चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार