free website hit counter

झण्डै १७ लाख गरिब नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्दै सरकार

beemaadmin
२०७६ फाल्गुन ११, आईतवार

काठमाडौं । सबै नेपाली नागरिकको स्वास्थ्य बीमा गर्ने योजना अनुसार अघि बढेको सरकारले चरम गरिबीको सीमाभित्र (अति विपन्न) रहेको नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । साढे १६ लाख नागरिक चरम गरिबीको रेखामुनि रहेको बताउँदै त्यस्ता नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने योजना सरकारका अर्थमन्त्रीले सार्वजनिक गरेका हुन् । आइतबार राष्ट्रिय बीमा संस्थानको वार्षिकोत्सब समारोहमा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् ।

अति विपन्न सबैको प्रिमियम सरकारले नै तिरेर बीमा हुने बताएका छन् । अहिले सरकारले ३५ सय तिरेपछि लाख रुपैयाँसम्मको एक परिवारको स्वास्थ्य बीमा हुने गरेको छ । गरिबीको रेखामुनि रहेका १६ लाखले भने त्यो रकम तिर्नु नपर्ने घोषणा अर्थमन्त्रीले गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले पछिल्लो समय बीमाको पहुँचमा उल्लेखीय सुधार भएको भन्दै खुसी व्यक्त गरे । बीमा पुहँच बढेर २२ प्रतिशत पुग्नु ज्यादै खुसीको कुरा भएको भन्दै भए पनि यो नै पर्याप्त भने नभएको अर्थमन्त्री खतिवडाले बताए । बीमाको पहुँच २२ प्रतिशत पुगेकोमा अर्थमन्त्री खतिवडाले खुशी व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार