free website hit counter

झण्डै ५० करोड बोनस खुवाउँदै निर्जीवन बीमा कम्पनी

beemaadmin
२०८० भाद्र ३, आईतवार

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट कर्मचारीहरुलाई साढे ४९ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा औसत ४३.७० प्रतिशतले बढी हो । कम्पनीहरुले अघिल्लो आर्थिक वर्ष २०७८–७९ को नाफाबाट कर्मचारीहरुलाई २१ करोड ७१ लाख ७९ हजार रुपैयाँ बराबरको बोनस दिएका थिए । सञ्चालनमा रहेका १४ वटा कम्पनीले सो मात्राको रकम बोनस बापत कर्मचारीहरुलाई वितरण गर्नको लागि छुट्टयाएका छन् । जुन कम्पनीहरूको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै कर्मचारीहरूलाइ वितरण गरिने छ। जसमध्ये नेको इन्स्योरेन्सले सबैभन्दा बढी रकम छुट्टयाएको छ । इन्स्योरेन्सले कर्मचारीलाई ९ करोड ९ लाख ७५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेको लागि प्रोभिजन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ६.५९ प्रतिशतले बढी हो । त्यस्तै, सबैभन्दा बढी बोनस छुट्टयाउनेको दोश्रो सूचीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले आफ्ना कर्मचारीलाई ७ करोड ९७ लाख ८९ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्न रकम छुट्टयाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६०.१२ प्रतिशतले बढी हो । कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४ करोड ९८ लाख ६२ हजार रुपैयाँ बराबरको बोनस वितरण गरेको थियो । अघिल्लो आवमा ५ करोड ९६ लाख रुपैयाँ बोनस वितरण गरेको सगरमाथा इन्स्योरेन्सले गत वर्षमा भने आफ्ना कर्मचारीलाई ७ करोड २७ लाख ७५ हजार रुपैयाँ वितरण गर्ने भएको छ । जुन ५३.३४ प्रतिशतले बढी हो ।
कर्मचारीहरूलाई ७ करोडभन्दा कम र ६ करोडभन्दा बढी बोनस छुट्टाउनेको सूचीमा शिखर इन्स्योरेन्ससहित ४ कम्पनी रहेका छन् । जसमा नेपाल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, ओरियण्टल र शिखर इन्स्योरेन्स रहेका छन् । यीमध्ये नेपाल इन्स्योरेन्सले ६ करोड ६३ लाख, हिमालयन एभरेष्टले ६ करोड ३६ लाख, ओरियण्टल इन्स्योरेन्सले ६ करोड ३५ लाख र शिखर इन्स्योरेन्सले ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस कर्मचारीलाई छुट्टाएका छन् । १४ कम्पनीमध्ये सबैभन्दा बढी बोनसदर बढाउने कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले एक वर्षको अवधिमा १८७.५५ प्रतिशतले बोनस बढाएको छ । सिद्धार्थ प्रिमियरले ५ करोड ८२ लाख, एनएलजी इन्स्योरेन्सले ४ करोड २७ लाख, आईजीआई प्रुडेन्सियलले ४ करोड १४ लाख र सानिमा जीआईसीले ४ करोड रुपैयाँ बराबरको बोनस आफ्ना कर्मचारीलाई छुट्याएका छन् । हिमालयन एभरेष्टपछि सानिमा जीआईसीले कर्मचारीलाई वितरण गर्ने बोनस ९३.०७ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले ३ करोड ४५ लाख, युनाइटेड अजोडले ३ करोड ६ लाख र नेशनल इन्स्योरेन्सले २ करोड ८६ लाख रुपैयाँ बराबरको बोनस कर्मचारीलाई वितरण गरेको छ । यो बोनस सम्बन्धित कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सम्बन्धित कम्पनीका कर्मचारीले पाउने छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार