free website hit counter

झारफुक गर्ने बाहनामा भाउजुलाई बलात्कार

beemaadmin
२०७७ श्रावण ३१, शनिबार

काठमाडौं । झारफूक गर्ने बाहनामा महिलामाथि बलात्कार गर्ने सल्यानका एक जना पुरूष पक्राउ परेका छन् । शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्चका ३८ वर्षीय ती पुरूषले झारफुकको बाहानामा आफ्नै भाउजु नाता पर्ने एक महिलालाई जवरजस्ती बलात्कार गरेको अभियोगपछि पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार ती महिलामाथि २० गते राति करिब साढे ११ बजेतिर देवर नाता पर्ने ती व्यक्तिले झारफुकको बाहनामा जवरजस्ती बलात्कार गरेको जाहेरीका आधारमा पक्राउ गरिएको हो।

आरोपितलाई साउन २९ गते पक्राउ गरिएको र साउन ३० गते सल्यान जिल्ला अदालतवाट म्याद थप भइ अनुसन्धान सुरु गरिएको डिएसपी खतिवडाले जानकारी दिए। पीडित महिलाले साउन २९ गते प्रहरीमा लिखित जाहेरी दिएकै दिन आरोपितलाई पक्राउ गरिएको डिएसपी खतिवडाको भनाइ छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार