free website hit counter

झुक्किएर स्तन देखिँदा युवतीको हत्या

beemaadmin
२०७७ चैत्र १६, सोमबार

एजेन्सी । मान्छेको जिन्दगी कतिखेर अन्त्य हुन्छ पत्तो हुँदैन । सानातिना गल्तीले पनि मानिसको ज्यान जानसक्छ । पार्टीका क्रममा झुक्किएर स्तन देखिँदा एक युवतीले ज्यान गुमाउनुपरेको छ । उनलाई उनका ब्वाइफ्रेण्डले कुटेर उनको हत्या गरेको बताइएको छ । ब्वाइफ्रेण्ड फरार छन् र उनको खोजी भइरहेको छ । निकोलास लोरी माइचोन नामका यी ब्राजिलियन युवामाथि आफ्नी गर्लफ्रेन्ड एना पाउला कोटिन्होको हत्याको आरोप छ ।

एक पुल पार्टीका क्रममा कोटिन्हो पानीमा हाम्फाल्ने क्रममा उनको बिकिनी खुकुलो भएको थियो । बिकिनी खुकुलो भएपछि उनका स्तन देखिएका थिए । डेलीमेलका अनुसार ब्राजिलको साओ पाउलोनजिकै इटापेसेरिकामा यो पार्टी मार्च १८ का दिन भइरहेको थियो । यो घटनापछि आरोपीले कोटिन्होलाई जानीजानी पार्टीमा भएका अरु मानिसहरुलाई स्तन देखाएको आरोप लगाउँदै हिंस्रक आक्रमण गर्न थालेका थिए । त्यसपछि माइचोनले साथीहरुलाई कोटिन्हो पानीमा डुबेकोले उनलाई अस्पताल लैजान लागेको भनेको थियो ।

उनले कोटिन्होलाई गाडीमा हालेर साथीहरुसमेत कोटिन्होको घरमा पुगेका थिए । प्रत्यक्षदर्शीका अनुसार घरभित्र जाने क्रममा माइचोन र कोटिन्हो दुवै हिँडेर गएका थिए र त्यतिबेला कोटिन्हो जीवितै थिइन् । तर, माइचोन पछि एक अस्पतालमा कोटिन्होको मृत शरीर लिएर पुगेका थिए । कोटिन्होको शरीर अस्पताल पुर्याएपछि उनी त्यहाँबाट भागेका थिए । पीडितका परिवारलाई फोन गरेर उनले आफ्नी गर्लफ्रेण्ड मदिरा पिएर पुलमा डुबेको बताएका थिए । उनले आफूले कोटिन्होलाई मुखबाट सास दिएर उनलाई उठाएको बताएका थिए । उनले आफूले कोटिन्होलाई उनको घर लिएर गएको र त्यहाँ कोटिन्होले रगत बान्ता गर्न थालेको साथै आफ्नी आमालाई फोन गर्न भनेको बताएका थिए ।

उनले आफूले कोटिन्होलाई अस्पताल लगेको पनि बताए । कोटिन्होका परिवार अस्पताल जाँदा उनीहरुले त्यहाँ आरोपीकी आमालाई मात्रै भेटे । आरोपीले आमालाई अस्पतालमा छाडेर आफू भागेका थिए । माइचोन भागेपछि पीडितका परिवारले गडबडीको आशंका गरेका थिए । पछि डाक्टरहरुले कोटिन्होको मृत्युको कारण टाउकोमा हिर्काइएकोले हुन सक्ने बताए । यो जोडीका साथीहरुले पछि कोटिन्होको परिवारलाई उनको बिकिनी खुकुलो भएका कारण पार्टीस्थलमै माइचोनले कोटिन्होलाई आक्रमण गरेको बताएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार