free website hit counter

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

काठमाडाैं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले बैशाख २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको शेयर बाँडफाँट गरिसकेको छ।

कम्पनीले कुल १ अर्ब २० करोड रुपैयाँ जारी पूँजीको ३५.२६ प्रतिशत बराबर ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १२ लाख कित्ता स्थानीय बासिन्दा र ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिसकिएको छ। साथै, १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोष र ६० हजार ६१३ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको थियो।

Advertisement
Advertisement

अब सर्वसाधारणका लागि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २५ लाख १५ हजार ४५५ कित्ता शेयर (कुल २५ करोड १५ लाख ४५ हजार ५०० रुपैयाँ बराबर) निष्काशन गर्न लागेको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन छिटोमा बैशाख २८ गतेसम्म र ढिलोमा जेठ ६ गतेसम्म खुला रहनेछ।

Advertisement
Advertisement

रेटिङका हिसाबले, केयर रेटिङ नेपालले कम्पनीलाई “केयरएनपी डबल बी प्लस” इस्यूअर रेटिङ दिएको छ, जसले औसत जोखिम संकेत गर्दछ।

कम्पनीले ८ मेगावाट क्षमताको टक्सार पिखुवा खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ, जसको कुल लागत १ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २३ करोड ५३ लाख रुपैयाँ छ। आयोजनाको विद्युत अनुमतिपत्र अझै २५ वर्ष ४ महिना बाँकी छ। साधारण रूपमा लगानी फिर्ता हुने अवधि ९.१७ वर्ष र छुट दरमा १८.३७ वर्ष रहेको छ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्।

सम्बन्धित समाचार