free website hit counter

टिचफर नेपाललाई ज्योतिको सहयोग

beemaadmin
२०७६ पुष १, मंगलवार

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिचफर नेपाललाई ५ लाख रूपैयाँ बराबरको आर्थिक सहायता सहितको सहकार्य गर्ने सहमति गरेको छ​। बैंकले सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत टिचफर नेपाललाई ग्रामिण क्षेत्रका सामुदायिक​ र सरकारी विद्यालयहरुमा विभिन्न विषयहरुको गुणस्तरीय शिक्षा प्रदान गर्न स्वयंसेवक शिक्षक पठाउने कार्यमा आर्थिक सहयोग गरेको हो । ज्योति विकास बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र टिचफर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले उक्त सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । टिचफर नेपालले हालसम्म विभिन्न ६ जिल्लाका ६५ वटा विद्यालयहरुमा ३०० भन्दा बढी स्वयंसेवक शिक्षकहरु पठाई ३०हजारभन्दा बढी विद्यार्थीहरुलाई विज्ञान​, गणित​, अङ्ग्रेजी लगायतका विषयहरु पढाउँदै आएको छ​। दुर्गम क्षेत्रमा पनि गुणस्तरीय शिक्षाको लागि योगदान पुर्याइरहेको टिचफर नेपाललाई ज्योति विकास बैंकले सहयोग गरेको छ​।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार