free website hit counter

टिप्परविरुद्ध स्थानीय उत्रेपछि अनिश्चितकालीन कर्फ्यु

beemaadmin
२०७६ चैत्र ४, मंगलवार

काभ्रेपलाञ्चोक । टिप्परको ठक्करबाट आमाछोरीको ज्यान गएको विरोधमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप भएपछि काभ्रेपलाञ्चोकको पनौतीमा अहिले बिहान ९ बजेदेखि अनिश्चितकालको लागि कर्फ्यु लगाइएको छ ।
पनौती नगरपालिका ५ मानेश्वरीमा प्रहरी र स्थानीयबिच झडप भएको थियो । झडपमा प्रहरी र केही स्थानीय घाइते भएका थिए । स्थिति सामान्य नबनिसकेकाले प्रशासन कार्यालयले अहिले बिहान ९ बजेदेखि अनिश्चितकालको लागि कर्फ्यु लगाएको हो । बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिँदा खानीखोला गाउँपालिका १ की ३३ वर्षीया जुनीमाया तामाङ र उहाँकी तीन वर्षीया छोरी स्मारिकाको ज्यान गएको थियो । त्यसको विरोधमा स्थानीयले प्रहरी बिटमा आगो लगाएपछि प्रहरीले केही राउण्ड हवाई फायर र अश्रुग्यास समेत प्रहार गर्नुपरेको थियो । मङ्गलबार बिहानैदेखि भेला भएका स्थानीयबासीले टिप्पर चलाउन रोक लगाएका छन् ।

सम्बन्धित समाचार

एउटा भ्यागुताको मूल्य ३ लाख

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

प्रभु बैंकको नाफा घट्यो

beemaadmin
२०८१ बैशाख ७, शुक्रबार

लगातारको ओरालो यात्रामा नेप्से

beemaadmin
२०८१ बैशाख ६, बिहीबार