free website hit counter

टुक्रिएको बुढी औंला जोड्न दुबईबाट स्वदेश फर्किए सन्दिप

beemaadmin
२०७८ मंसिर २६, आईतवार

एजेन्सी । विदेशी भूमिमा पसिना बगाउन गएका मजदुरहरु ठूलो स्वास्थ्य समस्यामा फसे भने स्वदेश आएर उपचार गर्छन् । दुबइमा मजदुरी गर्न गएका एक कार्पेन्टरको त्यहाँ काम गर्ने क्रममा बायाँ हातको बुढी औंला मेसिनले काटिदियो । उनको त्यो औंला जोड्नका लागि दुबइका डाक्टरहरुले २४ लाख भारतीय रुपैयाँ लाग्ने बताए । मजदुरी गर्ने उनीसँग त्यति धेरै पैसा थिएन । त्यसपछि उनी काटिएको औंला बोकेर जहाज चढेर दिल्ली आए । दिल्लीका डाक्टरहरुको टिमले उनको औंला ३ लाख ६५ हजार खर्चमा जोडिदिएका छन् । राजस्थानका सन्दिप सिंह नामका यी मजदूर घटना भएको २२ घण्टापछि दिल्ली आइपुगेका थिए । यस क्रममा उनको शरीरबाट ३०० मिलिलिटर रगत बगिसकेको थियो । दुबइमा डाक्टरहरुले औंला जोड्न सर्जरी गर्नुपर्ने र यसको लागि २४ लाख खर्च लाग्ने बताएपछि आत्तिएका सन्दिपले तत्कालै आफ्ना परिवारसँग सम्पर्क गरेका थिए । त्यसपछि उनले आफ्नो देशमै उपचार गराउने निर्णय गरे ।
सन्दिपका परिवारले दिल्लीको आकाश हस्पिटलमा उपचारको लागि सल्लाह लिए त्यसपछि आकाश हस्पिटलका डाक्टरको टिमले सन्दिपलाई भारत आउन भने । त्यसपछि सन्दिप काटिएको औंला बोकेर दिल्लीका लागि उडे । सन्दिप दिल्लीमा अस्पतालमा पुग्दा ६ जना डाक्टरको टिम सर्जरीको पूरै तयारी गरेर उनलाई पर्खेर बसेको थियो । दुबइबाट दिल्ली पुग्दासम्म सन्दिपको धेरै रगत बगिसकेको थियो । धेरै रगत बगेपछि हल्यक्रिया गर्नु निकै कठिन हुन्छ तर डाक्टरहरुले निकै सतर्कताका साथ सर्जरी सफलतापूर्वक पूरा गरे । सन्दिपको काटिएको औंला जोड्न डाक्टरहरुलाई ६ घण्टासम्म सर्जरी गर्नुपर्यो । यस किसिमको सर्जरी निकै नाजुक हुन्छ । डाक्टरहरुले पूरै प्रक्रिया माइक्रोस्कोपिक विधिबाट पूरा गरेका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार