free website hit counter

टोयोटा डिलर्स भेला सम्पन्न

beemaadmin
२०७६ माघ १७, शुक्रबार

काठमाडौं । टोयोटाको आधिकारिक डिलर भेला सम्पन्न भएको छ ।  टोयोटा मोटर्सका एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटद्वारा आयोजित डिलर भेला पोखरा स्थित होटल बाराहीमा संचालन गरिएको हो । उक्त बैठकमा युटीएसकी प्रबन्ध निर्देशक रीतु वैद्यलगायत देशभरका टोयोटा थ्रीएस डिलरहरुले सहभागिता जनाएका थिए ।

उक्त भेलाको उद्देश्य युटीएसले वर्षौदेखि ग्राहकहरुलाई प्रदान गर्दै आएको टोयोटाका सवारीहरुको बिक्री र सेवाहरुको सुधार गर्दै अभैm व्यापक बनाउन केन्द्रित रहनुका साथै डिलरहरुबीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउनु रहेको थियो । ग्राहकमाझ सर्वाधिक रुपमा लोकप्रिय रहेको ब्राण्ड टोयोटाले नेपालमा विगत ५० वर्षभन्दा बढी समय देखि विभिन्न मोडलका सवारीहरु बिक्री वितरण गर्दै आएको छ ।

नेपालभर फैलिएको बिक्री वितरण सन्जाल, सेवा केन्द्रले प्रदान गर्दै आएको सहज सेवा तथा सुविधाका कारण ग्राहकको विश्वाशिलो ब्राण्ड बन्न पुगेको टोयोटा भविश्यमा पनि यसरी नै ग्राहकको सेवा र सहजतामा तत्पर रहने कुरामा अडिग रहेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा एकैदिन यति धेरै घट्यो

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

गुराँस लघुवित्तको नाफा २ करोड माथि

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

मधु मरासनीलाई अर्थ सचिवको जिम्मा

beemaadmin
२०८१ बैशाख १०, सोमबार