free website hit counter

ट्रम्पको दोस्रो कार्यकालपछि अमेरिकाले रद्द गर्‍यो १ लाख ७५ हजारभन्दा बढी भिसा

beemaadmin
२०८३ श्रावण २६, मंगलवार

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति डोनल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता १ लाख ७५ हजारभन्दा बढी अमेरिकी भिसा रद्द गरिएको जनाएको छ।

मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पाइएपछि ती भिसा रद्द गरिएको हो। कुटपिट, मादक पदार्थ सेवन गरी सवारी चलाउने (डीयूआई), चोरी तथा लागुऔषधसम्बन्धी अपराध भिसा रद्द हुनुका प्रमुख कारण रहेको मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement

त्यसैगरी लापरवाहीपूर्वक सवारी चलाउने, यौन हिंसा, बाल दुर्व्यवहार, जालसाजी तथा आर्थिक हिनामिनाजस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिको भिसासमेत रद्द गरिएको छ।

Advertisement
Advertisement

विदेश मन्त्रालयले अमेरिकी भिसालाई अधिकार नभई विशेषाधिकारका रूपमा व्याख्या गरेको छ। भिसाको दुरुपयोग गर्ने व्यक्तिबाट अमेरिकी समुदायलाई सुरक्षित राख्न उपलब्ध कानुनी संयन्त्र प्रयोग गरिने मन्त्रालयको भनाइ छ।

ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि अमेरिकी प्रशासनले अध्यागमन नीतिमा व्यापक कडाइ गर्दै आएको छ। कागजपत्रविहीन आप्रवासीमाथि निगरानी बढाउनुका साथै वैध भिसामा अमेरिकामा रहेका व्यक्तिको समेत छानबिन तीव्र पारिएको छ।

सम्बन्धित समाचार