free website hit counter

ट्रम्पलाई त नटेर्नेले बाइडेनलाई के भाउ दिन्थे ?

beemaadmin
२०७७ चैत्र ८, आईतवार

एजेन्सी । विश्वभर चर्चामा रहेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समेत नटेरेर झन ठूलो चर्चामा आएका उत्तर कोरियाली शासक किम जोङ उन फेरि चर्चामा आएका छन् । उत्तर कोरियासँग छलफल गरेर तनाव कम गर्न अमेरिकाले लगातार प्रयास गरिरहेको भए पनि उत्तर कोरियाले कुनै जवाफ नदिएपछि अमेरिकाको प्रयास अहिलेसम्म अथृहीन बनेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले उत्तर कोरिया सरकारसँग फेब्रुअरीदेखि सम्पर्क गर्न खोजेको तर अहिलेसम्म उत्तर कोरियाको तर्फबाट कुनै प्रतिक्रिया प्राप्त नभएको बताएको बीबीसीले जनाएको छ । अधिकारीहरूले भने, ‘संयुक्त राज्य अमेरिकाले दुई देशबीचको तनाव कम गर्न विभिन्न तरिकाबाट उत्तर कोरियासँग सम्पर्क स्थापित गर्ने प्रयास गरिरहेको छ ।’

उत्तर कोरियाको आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका कारण दुई देशबीच टकराव भएको छ । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनबीच तीन वटा भेटवार्ता भइसकेको छ । यद्यपि ती कुनै पनि वार्ता सफल हुन भने सकेनन् । वार्तामा उत्तर कोरियाले आणविक कार्यक्रम समाप्त गर्न अस्वीकार गरेको थियो । अमेरिकी तथा पश्चिमी शक्तिहरुले भने उत्तर कोरियाले सबैभन्दा पहिले आणविक हातहतियार नष्ट गर्नुपर्ने माग गरेका छन्।

उत्तर कोरियाको आधिकारिक सञ्चार माध्यमले जो बाइडेनलाई अमेरिकी राष्ट्रपतिको रूपमा अहिलेसम्म अनुमोदन गरेको समेत छैन। संयुक्त राष्ट्रसंघमा उत्तर कोरियाको मिसनमार्फत संयुक्त राज्य अमेरिकाले उत्तर कोरियासँग सम्पर्क गर्ने प्रयास गरेको छ । एक अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई उत्तर कोरियासँग सम्पर्क गर्न ‘धेरै प्रयास’ गरिएको तर त्यहाँ कुनै सम्पर्क नभएको बताए। अमेरिकी राष्ट्रपति जो बाइडेनले हुने उत्तर कोरियाका लागि आफ्नो नीतिको समीक्षा गर्ने घोषणा गरेका छन् जुन अप्रिलमा सार्वजनिक हुनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार