free website hit counter

ट्रम्पले भने, स्थिति अझै पीडादायी हुनसक्छ

beemaadmin
२०७६ चैत्र १९, बुधबार

एजेन्सी । कोरोना संक्रमणको चरम चपेटामा परेको छ महाशक्ति राष्ट्र अमेरिका । त्यहाँ कोरोना संक्रमण र मृत्यु दर दुवै बढिरहँदा पनि लकडाउन गर्ने बारेमा सहमत हुन सकेका छैनन् राष्ट्रपति डोनाल्ड ट्रम्प । राष्ट्रपति ट्रम्पले आगामी दुई हप्ता थप पीडादायी र कठिन हुने चेतावनी दिँदै अत्यधिक सावधानी अपनाउँदा पनि कोरोना भाइरसको संक्रमणका कारण एक लाखदेखि २ लाख ४० हजार अमेरिकीको मृत्यु हुने बताएका छन् । कोरोनालाई आफ्नो देशले निकै सजिलै पराजित गर्न सक्छ भनेर बयान दिँदै आएका ट्रम्पको यो कठोर सन्देश हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफ्ना नागरिकलाई भयावह दिन अझै देख्न बाँकी भएको चेतावनी दिएका छन् । ‘म प्रत्येक नागरिकलाई थप कठोर दिनका लागि तयार रहन अपिल गर्दछु । आगामी दुई हप्ता हाम्रो लागि असाध्यै गाह्रो समय हुनेछ । यो अदृश्य दुश्मनका कारण मानिसहरुको मृत्यु भइरहेको देख्दा असाध्यै धेरै पीडा भइरहेको छ ।
अमेरिकामा हालसम्म १ लाख ८८ हजार ५ सय २४ जना कोरोनाभाइरसले संक्रमित छन् जसमध्ये ४ हजार ५ सय ७६ को अवस्था गम्भीर बताइएको छ । यहाँ मृत्यु हुनेको संख्या ३ हजार ८ सय ८९ पुगिसकेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार