एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उन गम्भीररूपमा अस्वस्थ भएको समाचार विभिन्न सञ्चारमाध्यममा आइरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो सूचनामा सत्यता नरहेको बताएका छन् । ट्रम्पले कोरोनासम्बन्धी नियमित टास्क फोर्स ब्रिफ्रिङका क्रममा किम जोङ उन गम्भीर बिरामी भएको समाचार असत्य भएको दावी गरेका हुन् । राष्ट्रपति ट्रम्पले उत्तर कोरिया र त्यसका सर्वोच्च नेता किम जोङ उनसँग आफ्नो एकदमै राम्रो सम्वन्ध रहेको स्मरण समेत गरे । यसअघि ट्रम्पले गत मङ्गलबार किम गम्भीर विरामी भएको सूचना आएको भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । अमेरिकी गुप्तचर निकायका अधिकारीहरुले उत्तर कोरियाका सर्वोच्च नेता किमको खतरापूर्ण शल्यक्रिया गरिएको र सिकिस्त बिरामी भएको विवरण दिएका थिए ।