free website hit counter

ठूलो बैंक बन्ने ग्लोबल आइएमईको योजना

beemaadmin
२०७६ मंसिर २, सोमबार

काठमाडौं । ग्लोबल आइएमई बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आव २०७५–७६ मा आफ्ना शेयरधनीहरुलाई १२.७५ प्रतिशत बोनश शेयर र १२.७५ प्रतिशत नगद लाभांश गरी २५.५ प्रतिशत लाभांश दिने निर्णय सहित बैंकको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
ग्लोबल आइएमई बैंकले आ.ब. २०७५–७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्व ७६ करोड रुपैयाँ पुग्नेछ ।
साथै, साधारण सभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैकसमक्ष अन्तिम स्वीकृती प्राप्त गरी ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकिकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ ।
साधारण सभामा बोल्दै बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकले मंसिर महिनाभित्र एकीकृत कारोबार सुरुगर्ने योजना रहेको बताए । मर्जरपछि ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो र सबल बैंक बन्ने बताउँदै उनले शेयरधनीको आकांक्षा अनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्क सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार