free website hit counter

ठूलो संख्यामा सहसचिवको सरुवा (को कहाँ पुगे ?)

beemaadmin
२०७७ भाद्र १०, बुधबार

काठमाडौं । एक वर्षसम्म प्रदेश सरकारको सेवा गरेका सचिवहरु (सहचिव) लाई सिंहदरबारमा तानिएको छ भने सिंहदरबारका विभिन्न मन्त्रालय तथा निकायहरुमा कार्यरत वरिष्ठ सहसचिवहरुलाई प्रदेश मन्त्रालयका सचिवमा काज सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार विभिन्न मन्त्रालयका प्राविधिक तथा प्रशासनिक तर्फका वरिष्ठ सहसचिवहरुलाई प्रदेशमा सरुवा गर्ने निर्णय गरेकोमा आज सो निर्णय सार्वजनिक भएको हो ।

प्रदेशमा कामको प्रभावकारिता बढाउन विभिन्न शक्तिशाली मन्त्रालयमा रहेका अनुभवी सहसचिवलाई प्रदेशमा खटाउने गरी यो निर्णय आएको बताइएको छ । अहिलेको सरुवा वरिष्ठताको आधारमा मात्र गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । सरुवा हुने सहसचिवमा प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयसम्मका छन्। यसअघि प्रदेशमा कनिष्ठ सहसचिव मात्र जाने गरेका थिए । वरिष्ठ सहसचिवहरु भने सिंहदरबारमै रजगज गर्ने अघोषित परम्परा नै बनेको थियो । विगतको चेन तोड्दै मन्त्रालयबाट भएको यो निर्णयलाई कर्मचारी प्रशासनका एक जानकारले साहसिक निर्णय समेत भनेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार