free website hit counter

डनहरुले भने एम्बुलेन्सको साइरन नबजाउनु

beemaadmin
२०७७ माघ २६, सोमबार

एजेन्सी । डनहरुको शासन कहाँ छैन र ? नेपालमा त झन् बालुवा खानीदेखि सडक र ठेक्कापट्टामा डनहरुकै इशारामा चल्नुपर्ने हुन्छ । हुँदा हुँदा इटलीको माफियाले नाप्लेस शहरका एम्बुलेन्स चालकहरुलाई साइरन नबजाउन र फ्ल्याशलाइट नबाल्न आदेश दिएका छन् । शनिबार भएको भनिएको एक घटनामा २ जना ग्याङका सदस्यहरुले एउटा एम्बुलेन्सलाई रोकेर चालकलाई साइरन बनाएकोमा धम्की दिएका थिए । स्थानीय ग्याङका सदस्यहरुले एम्बुलेन्सको साइरन र लाइट मन नपराउने बताइएको छ किनकि त्यसले ड्रग डिलरहरुलाई झुक्याउन सक्छ ।
एम्बुलेन्सको साइरन र लाइट देख्दा ड्रग डिलरहरु पुलिस भनेर झुक्किने र उनीहरुका ग्राहकहरु समेत डराउने माफियाले बताएको छ । यससँगै नाप्लेसका एम्बुलेन्स चालकहरुले पुलिस सुरक्षा माग्न थालेका छन् । एक आकस्मिक केस लिएर साइरन बजाउँदै एक ड्राइभरले एम्बुलेन्स चलाइरहेका बेला ठूलो मोटरसाइकलमा आएका दुई जनाले एम्बुलेन्स रोकेको द टाइम्सले लेखेको छ । उनीहरुले एम्बुलेन्सको झ्यालमा हिर्काउँदै एम्बुलेन्स ड्राइभरलाई मार्ने धम्की दिएका थिए । ‘तिमीले बुझेका छैनौं यहाँ साइरन बजाउन पाइदैन । यसलाई बन्द गर नत्र गोली हानिदिन्छौं’ तीमध्येका एक जनाले भने । यो घटनापछि डराएका चालक पुलिसलाई स्कर्टिङका लागि बोलाउन बाध्य भएका थिए । यस्तै अर्को घटना पनि भएको ४२ वर्षका इमरजेन्सी डाक्टर म्यानुएल रुगिएरोले बताए । उनले टाइम्ससँग भने ‘हामीलाई पहिले नै यस क्षेत्रमा साइरन प्रयोग गर्न आदेश दिइसकिएको छ । यहाँ एम्बुलेन्सहरुले यो क्षेत्र पार गरेपछि मात्रै साइरन बजाउँछन् ।’

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार