free website hit counter

डब्लुएचओ गर्यो खोप आउनुअघि २० लाख मानिसको ज्यान जाने घोषणा

beemaadmin
२०७७ आश्विन १०, शनिबार

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाविरुद्धको प्रभावकारी खोप वृहत रुपमा प्रयोगमा आउनुअघि यस रोगबाट विश्वभर २० लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ। डब्लुएचओको आपतकालीन टिम प्रमुख डा माइक र्‍यानले अन्तर्राष्ट्रिय प्रयासहरु केन्द्रित नहुने हो भने यो संख्या अझै बढ्ने बताए। सन् २०१९ को डिसेम्बरमा चीनमा भाइरसको संक्रमण सुरु भएयता यस रोगबाट विश्वभर हालसम्म करिब १० लाख मानिसको मृत्यु भइसकेको छ भने संक्रमण दर अझ बढ्दो छ। हालसम्म ३ करोड २४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। खासगरी युरोपेली मुलुकहरुले संक्रमण बढ्दै गएपछि पुनः लकडाउन गर्नसक्ने चेतावनी दिइरहेका छन्।
खोप आउनुपूर्व २० लाख मानिसको मृत्यु हुनसक्ने सम्भावनाका बारेमा सोधिएको प्रश्नमा डा। र्‍यानले भने, ‘यो असम्भव छैन।’ उनले २० लाख मृत्यु हुनबाट रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै यथेष्ट नभएको बताए। त्यसका लागि सम्बन्धित देशका सरकारहरुले कोभिड–१९ नियन्त्रणका लागि सकेसम्मका सबै उपाय अपनाउनुपर्ने उनले बताए। चिसो याम सुरु हुँदै गर्दा अधिकांश मुलुकमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भइसकेको छ। विश्वमा अधिकांश संक्रमण तीन मुलुकहरु अमेरिका, भारत र ब्राजिलमा देखिएका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार