free website hit counter

डब्लूएचओले नेपालमा आपतकालिन स्थिति किन भन्याे ?

beemaadmin
२०७८ जेष्ठ १, शनिबार

काठमाडौं । कोरोना संक्रमण र मृत्युको ग्राफ डरलाग्दो गरी उकालो लागिरहेको बेला विश्व स्वास्थ्य संगठन डब्लूएचओले नेपालमा आपत्कालीन अवस्था निम्तिएको जनाएको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अदोनम गेब्रियसेसले कोरोना महामारीबाट भारतको अवस्था निकै चिन्ताजनक र नेपालमा आपत्‌कालीन स्थिति निम्तिएको बताउनुभएको हो ।

नेपाल, श्रीलंका, भियतनाम, थाइल्याण्ड र इजिप्टमा पनि कोरोनाले आपतकालीन स्थिति निम्तिएको टेड्रोसले बताउनुभएको छ । भारतका कयौं राज्यमा अहिले पनि संक्रमणदर नघटेको, अस्पतालहरूले बिरामी थेग्न नसकेको र संक्रमितको मृत्यु बढिरहेको जनाउँदै टेड्रोसले भारत सरकारलाई गम्भीर हुन आग्रह गर्नुभएको हो । टेड्रोसले अघिल्लो वर्ष फैलिएको भन्दा यो वर्षको महामारी निकै खतरनाक र ज्यान लिने खालको भएको उल्लेख गर्नुभएको बिबिसीले जनाएको छ ।

भारतमा डब्ल्यूएचओले अक्सिजन कन्सन्ट्रेटर्स, मोबाइल फिल्ड अस्पतालका लागि टेन्ट, मास्क र मेडिकल सामग्री पठाइरहेको पनि उहाँले जानकारी दिनुभएको छ । भारतको अवस्था अहिले पनि निकै चिन्ताजनक छ, कयौं राज्यमा संक्रमण मामिला र मृतक संख्या बढिरहेको छ, टेड्रोसले भन्नुभएको छ । भारतलाई सहायता प्रदान गरिरहेका मुलुकहरूप्रति उनले आभार पनि व्यक्त गरेका छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार