free website hit counter

डलरको मूल्य निरन्तर उकालो

beemaadmin
२०८१ श्रावण २४, बिहीबार

काठमाडौं । डलरको मूल्यले निरन्तर तेस्रो दिन रेकर्ड बनाएको छ। गत शनिबारको रेकर्डलाई तोडेर डलरको मूल्यले मंगलबार नयाँ रेकर्ड बनाएको थियो। सो रेकर्डलाई बुधबार तोडेको थियो भने बुधबारको रकेर्डलाई आज अर्थात साउन २४ गते, बिहीबार तोडेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा रहेको छ। डलरको यस दिनको मूल्य हालसम्मकै उच्च हो। यस अघि हिजो अर्थात बुधबार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा थियो। यस दिन डलरको मूल्य १ पैसा बढेर नयाँ रेकर्ड कायम गरेको हो। डलरको भाउ महंगिदै जाँदा आयात झनै महँगो हुनेछ। आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ। यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि बढ्ने भएको छ। डलरको भाउ महंगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई मात्र केही फाइदा हुन्छ। तर आयातको हिस्सा धेरै भएकोले डलर महंगिदा फाइदा भन्दा बेफाइदा बढी हुन्छ। अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँ कमजोर बन्दै गइरहेका कारण नेपाली रुपैयाँ पनि दिन प्रतिदिन कमजोर हुँदै गएको हो। भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ। यसले गर्दा भारु कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर भएको हो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार