free website hit counter

डाक्टरले जब विरामीलाई यौनका लागि दबाव दिए….

beemaadmin
२०७८ मंसिर १६, बिहीबार

एजेन्सी । चिकित्सकलाई आधुनिक भगवान मानिन्छ । उनीहरुको सहयोगले कतिको जीवन बाँचिरहेको छ । चिकित्सकको अभावमा लाखांै मानिसले ज्यान गुमाउनु परेको छ । इटालीका एक चिकित्सक महिला बिरामीलाई यौन सम्पर्क गर्न कर गर्ने क्रममा अर्धनग्न अवस्थामा पक्राउ परेका छन् । ६० वर्षीय डा. जिओभियानी मिनिलो बिरामीसँग जबरजस्ती यौन सम्पर्क गर्न खोजेको आरोपमा पक्राउ परेका हुन् । गाइनोलोजिस्टसमेत रहेका उनले यौन सम्पर्कपछि महिलाको रोग निको हुने दाबी गर्दै युवतीलाई ‘सेक्स’ गर्न कर गरेका थिए । रोग उपचार गर्न गएकी युवती एक नायिका भएको बुझिएको छ । ती चिकित्सकका अनुसार उनी पापिलोमाभाइरस (एचपीभी) बाट पीडित थिइन् । यो भाइरस यौन सम्पर्कका कारण सर्छ र कालान्तरमा क्यान्सर बनाउँछ ।
इटली २४ न्युजका अनुसार भाइरसका लागि प्रतिरोध क्षमता आवश्यक पर्ने भएको भन्दै उनले यौन सम्पर्क गर्न कर गरेका थिए । यौन सम्पर्कबाट भाइरसविरुद्ध लड्ने रोग प्रतिरोध क्षमता बढ्ने हुने उनको दाबी थियो । ३३ वर्षीया पीडितले उजुरी दिएपछि चिकित्सक अनुसन्धानको घेरामा तानिएका थिए । अस्पताल कक्षको एउटा सीसी टिभीको फुटेजमा ती चिकित्सक सर्ट र पाईन्ट खोलेर अन्ना मारिअ नाम गरेकी महिलाको नितम्ब समाएको देखिन्छन् ।
जति प्रयास गर्दा पनि गर्भ नरहेपछि युवतीले मिनिलोकहाँ परीक्षण गर्न गएकी थिइन् । परीक्षणपछि ती चिकित्सकले महिलामा एचपीभीको लक्षण देखिएको बताएका थिए । ‘मैले धेरै महिलालाई क्यान्सरबाट जोगाएको छु । मैलै उनीहरुसँग यौन सम्पर्क गरेपछि बिरामीको एचपीभी नेगेटिभ देखिएको थियो,’ ती चिकित्सकले महिलालाई भनेका थिए । चिकित्सकले आफ्नो स्तनलगायत संवेदनशिल अंग छोएको बताएकी छिन् । उनले आफूलाई साना स्तन मन पर्ने महिलालाई बताएका थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार