free website hit counter

डाक्टर केसीको स्वास्थ्य बिग्रँदो, कोरोनाको रिपोर्ट आउँदै

beemaadmin
२०७७ आश्विन ९, शुक्रबार

काठमाडौं । स्वास्थ्य क्षेत्रको समग्र सुधारको माग गर्दै १९औं अनसनमा बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य बिग्रदै गएको छ । अनशनको १२ औं दिनसम्म पनि सरकारले सोधखोज गरेको छैन भने कोभिड १९ को रिपोर्ट आउँदै छ । १२ दिनदेखि आमरण अनशन थालेका प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनलाई सरकारले बेवास्ता गरेको हो। केसीको स्वास्थ्य अवस्था बिग्रँदो भए पनि सरकारले माग सुनुवाइ गर्न पहल नगरेको उनका सहयोगी डाक्टर प्रितम सुवेदीले बताए। उनले सरकारका कुनै पनि निकायले केसीबारे सोधखोज नगरेको जानकारी दिए। सुवेदीका अनुसार केसी बोल्न नसक्ने अवस्थामा छन्। उनले सलाइन पानी बाहेकका उपचार गर्न नमानेको सुवेदीले जानकारी दिए।
जुम्लाबाट १९ औं अनशन थालेका केसी नेपालगञ्ज हुँदै मंगलवार काठमाडौं आएका हुन्। काठमाडौं आएपछि केसीले आफू त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जाने अडान राखेका थिए। तर, प्रहरीले उनलाई जबरजस्ती राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याएको थियो। केसीले टिचिङमा नलगेसम्म कुनै पनि उपचार गर्न नदिने चेतावनी दिएपछि भने उनलाई त्यहाँ पुर्‍याइएको थियो।
जुम्लामा दुई हप्ता अघि अनशन थालेका केसीले अनशनमै पनि बिरामीलाई जाँच गरेका थिए। सोमवार हवाइजहाज मार्फत नेपालगञ्ज आएका उनी भेरी अस्पतालमा बसेका थिए। मंगलवार बुद्ध एअर हुँदै काठमाडौं आएका केसीको टिचिङ अस्पतालले बुधवार स्वाब संकलन गरेको छ। संक्रमणग्रस्त क्षेत्रबाट आएका मानिसमा संक्रमणको जोखिम हुने भएकाले उनको कोभिड १९ परीक्षण गरिएको हो। हालसम्म कोभिड १९ को रिपोर्ट भने आइसकेको छैन।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार