free website hit counter

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा ८ प्रतिशत बोनस शेयर घोषणा, विज्ञ सञ्चालकमा डा आत्रेय नियुक्त

beemaadmin
२०७७ माघ २७, मंगलवार

काठमाडौं । बीमा क्षेत्रका अनुभवी र विज्ञ डा. विनोद आत्रेयलाई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले विज्ञ सञ्चालकमा नियुक्त गरेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको माघ २५ गते सम्पन्न सञ्चालक समितिको २१३औँ बैठकले कम्पनीको विज्ञ सञ्चालक पदमा आत्रेयलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

Advertisement
Advertisement

८ प्रतिशत बोनस शेयर घोषणा
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले ८ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। कम्पनीले आगामी वार्षिक साधारणसभामा पेश गर्ने गरि हाल कायम चुक्ता पुँजी एक अर्ब २ करोड रुपैयाँको ८ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांसको प्रस्ताव गरेको हो।

Advertisement
Advertisement

कम्पनीले आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारणसभा गर्न बाँकी छ। प्रस्तावित लाभांस नियामक निकायबाट स्वीकृति दिए पछि वार्षिक साधारणसभामा पर्ने गर्ने जनाएको छ। साधारणसभाले प्रस्तावित लाभांस पारित गरे पछि शेयरधनीहरुले प्राप्त गर्न सक्ने छन्। बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार