free website hit counter

डिजिटल भुक्तानी प्रोत्साहन गर्न सनराइजको क्यास ब्याक अफर

beemaadmin
२०७६ माघ १, बुधबार

काठमाडौं । प्रविधिमैत्री सेवा विस्तारमा अग्रणी स्थानमा रहेको सनराइज बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले क्यास ब्याक योजना ल्याएको छ । सनराइजले आफ्ना ग्राहकहरुको सुविधाका लागि विभिन्न अफरहरु दिँदै आएको छ । अहिले शुरु भएको क्यास ब्याक अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने क्यास व्याकले अझै बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ ।

माघ १ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजना न्तरगत सनराइज बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल (पीओएस) टर्मिनल वा ई–कमर्स मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पीओएस टर्मिनलमा कारोबार गर्दा रु.२५० क्यास ब्याक र ई–कर्मशमा कारोबारमा रु २५० क्यास व्याक प्राप्त गर्न सक्ने बनाइएको छ ।

Advertisement
Advertisement

यस योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागि डेबिट/क्रेडिट कार्ड मार्फत् महिनामा कम्तीमा दुई पटक न्यूनतम रु ५०० वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ । साथै, कुनै पनि ग्राहकले डेबिटरक्रेडिट कार्ड मार्फत एकै पटक वा पटक पटक गरी एक महिनामा १५ हजार वा सो भन्दा बढिको खरिद कारोबार गरेमा रु। एक हजार क्यास व्याक प्राप्त गर्न सक्नेछन् । यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम रु.३,५०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

Advertisement
Advertisement

सम्बन्धित समाचार