free website hit counter

डिजेल–पेट्रोलबाट र बिजुली गाडीको भाडा फरक बनाइँदै

beemaadmin
२०८२ फाल्गुन ३, आईतवार

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक रुपमा चल्ने विद्युतीय सवारी साधनको छुट्टै भाडादर कायम गर्नको लागि भन्दै भाडा समायोजन सम्वन्धी आन्तरिक गृहकार्य शुरु गरेको छ । सार्वजनिक सवारीसाधनको भाडा निर्धारणका लागि बजार अध्ययन गर्ने, सम्बन्धित निकायसँग सहमति लिने, सरोकारवालासँग छलफल गर्नेलगायतका प्रक्रियाहरू शुरु भएको विभागका अधिकारीहरुले जानकारी दिएका छन् । डिजेल–पेट्रोलबाट चल्ने सार्वजनिक यातायातको तुलनामा विद्युतीय सवारीको खर्च कम हुने भन्दै घटाउनको लागि आन्तरिकरुपमा तयारी शुरु भइरहेको विभागका अधिकारीहरुले जानकारी दिएका छन् । तर, त्यो अध्ययन कहिले सकिन्छ र नयाँ भाडादर कहिलेदेखि कसरी लागु गरिन्छ भन्ने बारेमा विभागका अधिकारीहरुले केही बताएका छैनन् । अहिलेसम्म बिजुलीबाट चल्ने सवारीसाधनको भाडा डिजेल र पेट्रोलबाट चल्ने गाडीसरह नै रहँदै आएको छ। खासगरि केही उपभोक्ता अधिकारवादीहरुले बिजुलीबाट चल्ने सवारीसाधनमा दैनिक खर्च तुलनात्मक रूपमा कम लाग्ने भए पनि भाडा डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन सरह नै लिनु यात्रु माथिको शोषण भएको भन्दै आपत्ती जनाउँदै आइरहेका छन् । उनीहरुकै दबाबपछि विभागले भाडा पुनरावलोकन गर्ने तयारी गरेको बताइएको छ । पछिल्लो पटक विसं २०८१ पुस २२ गते भाडा निर्धारण गरेको विभागले त्यसको लागि विभिन्न १३ वटा सूचकहरूलाई आधार बनाउने गर्छ । विभागले विजुलीबाट चल्ने र डिजेल– पेट्रोलबाट चल्ने सार्वजनिक सवारी साधनको भाडा अलग अलग गर्ने तयारी गरेपछि वातावरणविद् र यातायात व्यवसायीहरूले भने आपत्ती जनाएका छन् । उनीहरुका बिजुली गाडीको दैनिक सञ्चालन खर्च कम देखिए पनि पछि ब्याट्ररी लागि कति खर्च हुन्छ भन्ने अन्योल रहेको बताएका छन्। त्यस्तै बिजुली गाडी किन्दा आर्थिक, प्राविधिक र सामाजिक रूपमा जोखिम उठाउनुपर्ने भएका कारण भाडा कम गर्दा त्यसले बिजुली गाडी किन्नेहरू निरुत्साहित हुन सक्ने उनीहरुको भनाइ छ ।

सम्बन्धित समाचार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार